५ कार्तिक २०८३, बिहिबार

नेपाल बङ्गलादेश बैंकको २३औं वार्षिक साधारणसभा सम्पन्न

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । नेपाल बङ्गलादेश बैंक लिमिटेडको २३औं बार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७३/७४ को मुनाफा तथा जगेडा कोषबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर र ३.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ ।

सोही साधारण सभाबाट संस्थापक शेयरधनीका तर्फबाट जलाल अहमद, मोहमद साह आलम सरवार र मनिरुल इस्लाम निर्विरोध निर्वचित भएका छन् तथा सर्वसाधारण शेयरधनीका तर्फबाट इन्द्र बहादुर थापा, दीपक कार्की र मुकुन्द नाथ ढुंगेल सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् ।

साधारण सभाबाट स्वीकृत १२ प्रतिशत बोनस शेयर वितरण पश्चात् बैंकको कुल चुक्ता पूँजी रु. ८.०८ अर्ब पुगेको छ । गत आर्थिक वर्षमा बैंकले रु. १.२० अर्ब खुद मुनाफा आर्जन गरेको थियो भने निक्षेप परिचालन रु. ४३.७१ अर्ब, कर्जा परिचालन रु. ३७.२४ अर्ब रहेको थियो ।

बैंकले आफ्ना ग्राहकहरु लगायत सबैलाई आगामी दिनमा मर्चेन्ट बैंकिङ्ग सेवा दिने उद्देश्यले सहायक कम्पनी स्थापना गर्ने जानकारी गराएको छ ।