५ कार्तिक २०८३, बिहिबार

टुरिजमसँग गाभिने विषयमा छलफल गर्न मेगा बैंकले पुनः विशेष साधारण सभा गर्ने

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ मंसिर । मेगा बैंक नेपाल लिमिटेडले टुरिजम डेभलपमेन्ट बैंकसँग गाभिने विषयमा छलफल गर्न पुनः विशेष साधारण सभाको आयोजना भएको छ । मेगा बैंक संचालक समितिका अध्यक्ष भोजबहादुर शाहले सोमबार बोलाइएको विशेष साधारण सभामा आवश्यक कोरम नपुगेकाले मर्जरजस्तो महत्वपूर्ण निर्णय लिनका लागि अर्को साधारण सभा आह्वान गर्न लागिएको हो ।

अर्को साधारण सभा आह्वान गरी टुरिजम विकास बैंकसँगको मर्जर प्रक्रिया तत्काल टुंगोमा पु-याउन सेयरधनीले संचालक समितिलाई अनुमति पनि दिएका छन् । अर्को विशेष साधारणसभा छिट्टै बोलाइने बैंकले जनाएको छ ।

यसैबीच, दुई जना शेयरधनीले साधारण सभा रोक्नका लागि पाटन उच्च अदालतमा अन्तरिम आदेश माग गरी दिएको निवेदनमा अदालतले साधारण सभा रोक्न नपर्ने गरी सोमबारै आदेश समेत जारी गरेको छ । साधारण सभा अघि बढाउन अब मेगा बैंकलाई कानुनी रुपमा कुनै बाधा अड्चन नभएको बैंकले जनाएको छ ।

टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जरपछि मेगा बैंक चुक्ता पुँजीका आधारमा नेपालका बाणिज्य बैंकहरुमध्येकै एउटा ठूलो बैंक हुने बैंकको दाबी छ । मेगा बैंकको एउटा एक्सटेन्शन काउन्टरसहित ४८ वटा शाखा कार्यालय छन् । यसैगरी, टुरिजम डेभलपमेन्ट बैंकका ३२ वटा शाखा छन् । मेगा र टुरिजम दुबैले यो आर्थिक बर्षमा नयाँ शाखाहरु पनि थप्ने तयारी गरिरहेका छन् ।

मर्जरपछि मेगा बैंकका शाखा कार्यालय १ सय भन्दा बढी पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । मेगा र टुरिजमबीचको मर्जरले ४८ वटा जिल्लामा बैंकको व्यवसाय र पुँजीलाई थप बृहत बनाउने सिईओ शाहले बताए ।