काठमाडौं, ४ मंसिर । प्रहरीले राजधानीबाट ३ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।
महानगरी प्रहरी वृत दरबारमार्गले सोमबार साँझ ३ किलो सुनसहित रत्नपार्कबाट ढल्कु बस्ने मोहन महर्जन र जडिबुटीका आयुष बज्रचार्यलाई पक्राउ गरेको हो ।
मोटरसाइकलमा रहेका उनीहरुलाई सुनसहित पक्राउ गरिएको दरबारमार्ग वृत्तका डिएसपी तिलक भारतीले बताए ।












प्रतिक्रिया