५ कार्तिक २०८३, बिहिबार

हाथवे इन्भेष्टमेन्ट अब आफ्नै भवनमा, अध्यक्ष ढकालले गरे उद्घाटन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । आइएमई समूहद्वारा प्रवर्द्धित हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको कामपा २६ लैनचौरस्थित आफ्नै भवन हाथवे कम्प्लेक्समा आइतबार सरेको छ । नयाँ भवनको उद्घाटन कम्पनीका अध्यक्ष हेमराज ढकालले गर्नुभयो ।

सो अवसरमा कम्पनीका संचालकहरु तथा समूहमा सम्वद्घ पदाधिकारीहरुको उपस्थिती थियो । स्थापनाको छोटो समयमा नै पुँजीबजारमा आफ्नो छुटै पहिचान बनाउन सफल यस कम्पनीको मुख्य उद्देश्य सूचीकृत कम्पनीहरुको शेयरमा लगानी गर्ने रहेको छ । पुँजिबजारका अलवा दीर्घकालीन लगानीका रुपमा रियलस्टेट, हाईडोपावर, विमा ब्यवसाय जस्ता क्षेत्रहरुमा समेत लगानी गरेको यस कम्पनीले विगतमा समस्याग्रत रहेका एनवि इन्स्योरेन्स कम्पनी लि. र अरुण फाईनान्स लि. को शेयर विभिन्न समुहमा ब्यवस्थापन गरी सफलतापूर्वक संचालनमा ल्याएको छ ।

उद्घाटनको अवसरमा मन्तव्य दिंदै अध्यक्ष ढकालले आगामी दिनमा कम्पनीले प्राईभेट इक्यूटी र भेन्चर क्यापीटलमा कार्य गर्दै निजी क्षेत्रको उत्कृष्ट लगानी कम्पनीको रुपमा स्थापित गराउने बताउनुभयो । यसैगरी प्रबन्ध संचालक अम्बिकाप्रसाद पौडेलले विगतको आरोह अवरोहकाबीचमा कम्पनीले गरेको प्रगति यसैकम्पनीका लगानीकर्ता तथा संचालकहरुको विषेश योगदानको प्रतिफल रहेको चर्चा गर्नुभयो ।

नेपाल स्टक एक्सचेन्जको ओ.टि.सी (ओभर द काउन्टर) मार्केटमा सुचिकृत यस कम्पनीको शेयर खरिद बिक्री गर्न इच्छुक लगानीकर्ताले ओटिसी मार्केटमार्फत शेयर खरिद विक्री गर्नसक्ने र कम्पनीको रु ५० प्रतिकित्ता शेयर रु १२५ मा अन्तिम कारोबार भएको प्रबन्ध संचालक अम्बिका प्रसाद पौडेलले जानकारी दिए ।