२२ कार्तिक २०८३, आइतबार

शिविरका दुई बालिकालाई उपचार खर्चको समस्या, पैसा तिर्न नसकेपछि बाबु वेपत्ता

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ४ मंसिर । उपचारका लागी भारतको बरेली स्थित खुशलोग अस्पतालमा बिगत २६ दिन देखी उपचार गराईरहेका कन्चनपुरको शुक्लाफाटा नगरपालिका १ तारापुर शिविर घर भएका सविता पार्की र पुजा पार्की आर्थिक अभाबका कारण अस्पतालमा नै अलपत्र परेका छन् ।

उपचारका क्रममा अस्पतालमा ठुलो रकम तिर्न बाकी रहेको र रकम जम्मा गर्न भनि उनीहरुका बुवाहरु अस्पतालबाट रकमका लागी नेपाल आएर नफर्किएपछि उनीहरु बिचल्लीमा परेका हुन ।

अस्पतालको रेकर्ड अनुसार पुजाको वुवाले अस्पतालमा ३८ हजार जम्मा गरेको र सविताको वुवाले ४१ हजार रुपैया जम्मा गरेको अस्पतालको रेकडमा भेटिएको भएपनि अस्पलाले रकम बुझाएर घर जान छुुट्टि दिएको भएपनि पैसा खोज्न घरगएका दुबैका बुवाहरु ४ दिनदेखि सम्पर्क नआएका कारण समस्यामा परेका हुन ।

सुकेको रूखमा चढि दाउरा गर्दा हागा भाच्चिएर हागा संगै रूखबाट खसेका थिए । सबिताको दुइबटा खुट्टा एकहात तिन ठाउमा भाचिएको छ भने पुजाको दुई हात र एक खुट्टा भाचिएको हो । सबिताको वुवाको नाम देव पार्कि र पुजाको बाबुको नाम धन बहादुर पार्की रहेको तथा मोबाईल नम्बर ९४८५६६१४३ र ९१२७०४१५४ अस्पतालको रेकर्ड मा भेटिएको जनाईएको छ । यसै बिच गुडलक फाउण्डेसन नेपाल र भिप्लभ ह्युमेन केयर अत्तरियाले बिपतमा परेका २ बालिकाको उपचार रकम संकलन अभियान सुरु गरेका छन ।

अस्पताल प्रशासन संग कुरा गरि बाकी  रहेको रकम ३ लाख १७ हजार भारतिय रुपैया रहेकोमा एकलाख रकम भिप्लभ ह्युमन केयरले दिने बाकी रकम अस्पताल र आफन्तले सहयोग गर्ने तयारी गरेको बिप्लब हुयुमन कियर ग्रुपका अध्यक्ष बिनोद मल्लले बताउनु भयो ।

गुडलक फाउण्डेसनका अध्यक्ष भाष्कर भट्ट र सल्लाहकार अर्जुन सिहंले पनि झलारी क्षेत्रमा आर्थिक सहयोग संकलन गरि रहेको वताए । उहाले ह्युमन केयर गु्रप र गुडलक फाउण्डेसन नेपालका सदस्यहरुले १० दिन सम्म एक छाक खानको पैसा जम्मा गर्न आफ्ना सदस्यहरुलाई अपिल गरेको छ भने रकम संकलनका लागी सर्बसाधारण लाई समेत अपिल गरेको छ ।

रकम सहयोगका लागी कञ्चनपुरका लागी मोबाईल नम्बर ९४८७२४२,९८५८७५०२७५ र कैलालीका लागी ९१४६०६४२०, ९८५८४२४२४१,० वा गुडलक फाउण्डेसन नेपाल र भिप्लभ ह्युमन केयर ग्रुप अत्तरिया कैलालीमा सम्पर्क गरि रकम जम्मा गर्न सकिनेछ ।