रामेछाप, ४ मंसिर । रामेछापको जिल्ला प्रशासन कार्यालयले सोमबार बेथान क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । रामेछापको सुनापति गाउँपालिकाको वडा नम्बर ४ स्थित बेथान क्षेत्रलाई मंगलबारबाट लागु हुने गरी स्थानीय प्रशसनले दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो ।
मंगलबार बाम गठबन्धनले सो क्षेत्रमा चुनावी सभाको आयोजना गरेको थियो । सो आमसभाको समयमा जुलुस तथा संठित समूहबीच हिंसात्मक गतिविधि हन सक्ने भन्दै स्थानीय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रशासनले त्यस क्षेत्रमा कुनैपनि चुनावी कार्यक्रम नगर्न/नगराउन पनि राजनीतिक दलहरुको नाममा आदेश जारी गरेको छ । प्रशासनको यो घोषणासँगै मंगलबारको आमसभा अन्यौलमा परेको छ ।












प्रतिक्रिया