२२ कार्तिक २०८३, आइतबार

कटुवा पेस्तोलसहित एक पक्राउ, चेकजाँच गर्दा भेटियो हतियार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ४ मंसिर । हंशपुर नगरपालिका–४ बस्ने ३२ बर्षीय ललन महतोलाई कटुवा पेस्तोल १ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार हंशपुर नगरपालिका–४ सुगानिकास बजारमा जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालय सुगानिकासको संयुक्त चेकिङ टोलीले शंका लागि जाँच गर्दा महतोलाई उक्त हतियार सहित फेला पारी नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।