काठामाडौ, ४ मंसिर । अन्तर्राष्ट्रियस्तरको फोटो प्रदर्शनी थापागाउँको लेखन कुञ्जमासुरु भएको छ ।
गुम्बा ग्लान्स नामक फोटो प्रदर्शनीमा नेपाली फोटोग्राफर सुरन्जन कोइरालाले खिचेका पाँच दर्जन फोटो राखिएका छन् । फोाटोलाई म्यानेज गर्ने काम ईजरायली नागरिक सोहाम सेफिले गरेका हुन् ।
कार्यक्रमको उदघाटन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति रागिनी उपाध्यायले नेपालमा यस खाले फोटो प्रदर्शनी आयोजना गरेर आयोजक घोष्ट राईटिङ नेपालले असाध्यै राम्रो सुुरुवात गरेको बताइन । उनले भनिन, ‘लेखन क्षेत्रमा लागेको संस्थाले आर्ट, फोटोलाई स्थान दिएर आयोजना गर्नुु सुन्दर कुरा हो ।’
प्रदर्शनीमा राखिएका फोटोहरुको महत्वबारे बरिष्ठ पत्रकार एवं घोष्टराइटिङका सम्पादक टंक पन्तले प्रकाश पारेका थिए । गुम्बाका बच्चाको फोटो राखिएको त्यो प्रदर्शनिबाट उठेको रकम गुम्बाको बच्चालाई प्रदान गरिने फोटोग्राफर सुरन्जन कोइरालाले बताए ।
ईजरायलि नागरिक सोहामले ईजरायली नागरिकले पनि गुम्बाको फोटोमा बहुत रुची देखाएकोले ईजरायलमा पनि छिट्टै यो प्रोग्राम गरिने र लगत्तै फ्रान्समा पनि त्यस्तै कार्यक्रम राखिने बताए । उनले भने, ‘संसारभरका सहयोगी हातबाट आफूले भूकम्पमा परेका बालबालिकाका लागि फोटो मानवीय सहयोग गर्दैछु भनेर म खुशी छु ।’












प्रतिक्रिया