२२ कार्तिक २०८३, आइतबार

प्रकाशको निधनप्रति भारतीय विदेशमन्त्रीद्वारा दुःख व्यक्त

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । भारतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको निधन भएकोमा श्रद्धाञ्जलि दिएको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आइतबार ट्वीट गर्दै प्रचण्डका छोरा प्रकाशको निधनको खबरले दुःख पुर्‍याएको बताएकी हुन् । उनले भनेकी छिन्, ‘पुष्पकमल दाहाल प्रचण्डलाई पुत्र शोक परेकोमा हामी मर्माहित भएका छौँ । साथै प्रकाशप्रति श्रद्धाञ्जलि दिन चाहन्छौँ ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र प्रकाशको आइतबार राति लाजिम्पाटस्थित निवासमा मृत्यु भएको थियो । तर, नर्भिक अस्पतालले बिहान ६ बजे मात्रै मृत्यु भएको घोषणा गरेको थियो ।