– टेकराज भण्डारी
अछाम, ३ मंसिर । नेकपा एमाले उपाध्यक्ष भीम रावलले आगामी निर्वाचन देश विकास गर्ने र देशलाई विभिन्न अन्यौलमा पार्नेहरुबीचको लडाई भएको बताउनु भएको छ ।
देश विकास र समृद्धिको संकल्प लिएर नेकपा एमाले र माओवादी केन्द्रवीच चुनावि गठबन्धन र पार्टी एकताको तयारी भैरहेको भन्दै बाम गठबन्धनले स्पष्ट बहुमत ल्याई देशलाई तीब्र आर्थिक विकास र समृद्धिमा लिने उहाँको भनाई छ ।
अछाम निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधी सभा उम्मेदवार समेत रहनु भएका रावलले कांग्रेसले दुई तिहाई देखि स्पष्ट बहुमत ल्याउँदा पनि देशलाई विभिन्न बाहनामा अन्यौलमा धकेलेको र जनतालाई धोका दिएको जिकिर गर्नुभयो ।
फेरि पनि कांग्रेस लोकतन्त्र जप्दै देशलाई अन्यौलमा धकेल्ने भएकोले बाम उम्मेद्धारलाई जिताउन उहाँले आह्वान गर्नुभयो । एमालेले विभिन्न समयमा निर्माण गरेका सरकारले जनताका लागि उदाहरणीय काम गरेको भन्दै बाँकी अधुरा जनमुखी र स्वाधिन कार्यक्रम संचालनका लागि बाम शक्ति एक भएका बताउनुभयो ।
उहाँले अछामको रामारोशन क्षेत्रसम्म जाने बाटोको स्तरउन्नती गरिने भन्दै रामारोशनलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्दै आन्तरिक तथा वाह्य पर्यटकहरुको आवागमन बढाउने वातावरण तयार हुने बताउनु भयो ।
प्रदेश सभा २ का उम्मेदवार झपट वोहराले आफू निर्वाचित भएपछि रामारोन पर्यटन मार्गको कालोपत्रे गर्नको लागि पहल गर्ने भन्दै रामारोसन पर्यटकीय क्षेत्रको विकास गर्दै रोजगारका कार्यक्रमको विस्तार गरिने बतानुभयो ।













प्रतिक्रिया