२२ कार्तिक २०८३, आइतबार

नर्भिक अस्पताल पुगे प्रचण्ड, प्रकाशको दाहसंस्कार आज दिउँसो ४ बजे

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ मंसिर । पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ छोरालाई हेर्न नर्भिक अस्पताल पुगेका छन् ।

एक्ला छोरा प्रकाश दाहालको निधन भएपछि झापाबाट आज बिहान हेलिकप्टरमार्फत काठमाडौँ आइपुगेका प्रचण्ड श्रीमती सीता, छोरी रेणु र गंगा ज्वाई जीन आचार्य र नातिनीहरु लिएर नर्भिर अस्पताल पुगेका हुन् ।

अस्पताल पुग्नुअघि उनी लाजिम्पाटस्थित निवासमा पुगेर परिवारको अबस्था बारे जानकारी लिएका थिए । प्रकाशको आज दिउँसो ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी पार्टी कार्यालय पेरिसडाँडामा राखिने भएको छ ।