२२ कार्तिक २०८३, आइतबार

दङ्गाली नेवारले काठमाडौंमा बनाए ‘नेवार समाज’

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । दाङ जिल्ला घर भाई विभिन्न पेशा व्यवसायलगायतका क्षेत्रमा क्रियाशीले नेवार समुदायले ‘दाङ–काठमडौं नेवार समाज’ विधिवत स्थापना गरेका छन् ।

समाजको अध्यक्षको जिम्मेवारी भेषराज श्रेष्ठले पाएका छन् । काठमाडौंको धुम्बाराहीमा शनिबार सम्पन्न समाजको प्रथम भेला ज्येष्ठ नागरिक बिष्णुप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

भेलामा दाङ्गजिल्लामा घर भई काठमाडौं बसोबास गर्ने करीब ३५ जनाको सहभागिता रहेको थियो । भेलामा सहभागीहरूले दाङ्ग जिल्लाबासी नेवार समुदायबीच तथा अन्य विभिन्न जातिबीच आपसी समन्वय र सामाजिक कार्यको लागि समाजको भूमिका महत्वपूर्ण रहने बताएका थिए ।

भेलाले ५ जनाको सल्लाहकार समिति सहित १३ जनाको तदर्थ समिति गठन गरेको थियो ।

तदर्थ समितिका पदाधिकाहरूमा अध्यक्ष भेषराज श्रेष्ठ, उपाध्यक्ष शिबकुमार श्रेष्ठ, सचिव दीर्घनारायण श्रेष्ठ, सहसचिब अनुराधा जोशी श्रेष्ठ, कोषाध्यक्ष रुद्रकुमार राजभण्डारी चयन भएका छन् ।

सदस्यहरूमा प्रकाश श्रेष्ठ, सञ्जीव भारी, अर्जुन राजभण्डारी र रेवतीप्रसाद श्रेष्ठ रहेका छन् ।

सल्लाहकार समिति बिष्णुप्रसाद श्रेष्ठ, विनोदकुमार श्रेष्ठ, मदनभक्त श्रेष्ठ, डा. प्रमोद श्रेष्ठ र प्रदीपकुमार श्रेष्ठ रहेका छन् ।