२२ कार्तिक २०८३, आइतबार

दामपन्थीलाई नभई बामपन्थीलाई भोट दिन बुद्धिजीवीहरुको आह्वान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, २ मंसिर । रुपन्देहीका बुद्धिजीवीहरुले दर्शन र सिद्धान्त बुझेको जनप्रतिनिधिले मात्रै देशलाई सहि बाटोमा लान सक्ने बताएका छन् । रुपन्देहीको सदरमुकाम भैरहवामा भेला भएका प्राध्यापक, वकिल, इन्जिनियर, पत्रकार, चिकित्सकहरुले बहुदल, लोकतन्त्र तथा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागी संघर्ष गरेका घनश्याम भुषाल र उनको टिमलाई निर्वाचनमा जित दिलाउन आग्रह गरेका छन् ।

भेलामा सहभागी सयौं बुद्धिजीवीहरुलाई स्वागत गर्दै बुद्धिजीवी परिषद्का पुर्व केन्द्रीय उपाध्यक्ष तथा भैरहवा बहुमुखी क्याम्पसका संस्थापक प्रमुख बालकृष्ण भट्टराईले भने पञ्चायतको विरुद्ध आवज उठाउने घनश्याम भुषाललाई मतदान गर्न आग्रह गरे । संयुक्त बुद्धिजिवी निर्वाचन परिचालन समिति रुपन्देही–३ का संयोजक समेत रहेका रुपन्देही क्याम्पसका पुर्व प्रमुख भरत कुमार पोखरेलले भने रुपन्देही ३ मा यतिबेला दामपन्थि र बामपन्थि बीच चुनाबी चर्चा रहेकाले बामपन्थीहरुको विकल्प नभएको बताए ।

कार्यक्रममा एमाले उपमहासचिव घनश्याम भुषालले समाजमा बुद्धिजीवीहरुको अहम भुमिका रहेको बताए । नेता भुषालले अस्थिर सरकार रहेसम्म मुलुकको विकास हुन नसक्ने महसुस गरेर नै बामपन्थीहरु एकजुट भएर दुईतिहाइ बहुमत ल्याएर स्थिर सरकार निर्माण गर्न लागेको बताए । विकासका नाममा स–साना योजनाका आश्वासन बाँडेर जनतालाइ अल्मल्याउने पार्टी र तिनका नेताहरुले जनताको सम्भावना र चुनौतीको सामना गर्न नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) रुपन्देहीका सह–संयोजक एवम् रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश सभाका उम्मेदवार विश्वास बराल (अनुप)ले बुद्धिजीवीहरुले माक्र्सवादप्रति विश्वास राख्ने बताए । उनले विगतका दिनमा कुनै पनि पार्टीको बहुमत नआएकाले आफ्ना एजेण्डा लागु गर्न नसकेका कारण अब बामपन्थीहरुले दुई तिहाई बहुमत ल्याएर आफ्नो एजेण्डा स्थापित गर्ने बताए ।

माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा समानुपातिक उम्मेदवार हकिकुल्ला खाँले आम उत्पीडित जनताहरु बुद्धिजीवी माथि नै निर्भर हुने बताए । उनले विगतका दिनहरुमा कम्युनिष्ट पार्टीहरु फुटे पनि अब एउटै कम्युनिष्ट पार्टी बनाएर विश्वलाई नै देखाइदिने बताए । सिद्धार्थनगरका मेयर हरि प्रसाद अधिकारीले देश विकासको लागि बामपन्थी सरकारको आवश्यकता रहेको बताए । भेलामा पशु विज्ञान अनुसन्धान केन्द्रका निर्देशक प्राध्यापक भागर्व धिताल, भाषाविद् प्राध्यापक डाक्टर कपिलदेव लामिछाने, पर्यटनविद् प्राध्यापक डा. गितु गिरी, शिक्षाविद् गम्भीर गुरुङ, बार अध्यक्ष मोहन देउजा, साहित्यकार सीता काफ्ले, गिरी पुन, राजेश कुमार गुप्तालगायतको उपस्थिति रहेको थियो ।