अमुवा, २ मंसिर । सधैं रंगरसमा मात्रै व्यस्त रहने कलाकारहरु पछिल्लो समय राजनीतिक गतिविधीमा समेत सक्रिय देखिन थालेका छन् । जसको कारण उनीहरुको राजनीतिमा प्रत्यक्ष सहभागिता भएर नै होला कलाकारहरु कोमल ओली, रेखा थापा, करिश्मा मानन्धरहरु जस्ता राजनीतिको मुल धारमा नै सक्रिय छन् । यो सुखद पक्ष हो ।
स्थानिय निर्वाचन ताका कलाकारहरुले गित गजल र विभिन्न प्रस्तुति मार्फत मतादाताको ध्यान केन्द्रत गरिरहेका थिए । फलतः त्यसको पुनरावृति हुदैं अहिले संघ र केन्द्रको निर्वाचन आइरहदा कलाकारहरुले आफ्नो कलाकारिता मार्फत राम्रो र असल नेताको पक्षमा मतदान गर्न जनतालाई आग्रह गरिरहेका छन् ।
यसैबीच रुपन्देहीको पश्चिम अमुवा क्षेत्र जहां पहाडीया, थारु समुदायको बाहुल्यता रहेको छ । त्यस क्षेत्रमा रुपन्देहीको पश्चिम अमुवा क्षेत्र जहां पहाडीया, थारु समुदायको बाहुल्यता रहेको छ । त्यस क्षेत्रको केन्द्र अमुवाको जनता माविमा कलाकार विष्णु श्रीपाली र दिपक गरौजाले मत मात्रै मागेनन , उपस्थित सयौं जनता र नेताहरुलाई समेत छमछमी नचाए ।
बेरोजगारलाई रोजगार, दुखीलाई हासों ।। त्यसैले त कम्युनिस्टको शासन हामीलाई खाचों ।। …..
दिदी बहिनी बा आमा दाजु भाईै सूर्यमा छाप दिई जिताऔं घनश्यामलाई ।।।
भनेर गित गाउन थालेपछि त्यहां उपस्थित सयौं जनता उत्साहित हुदैं नाचेका थिए । जनतासंगै एमाले उपमहासचिव घनश्याम भुसाल, युवासंघका केन्द्रिय उपाध्यक्ष राजु गुरुंग, वाइसीयल केन्द्रिय उपाध्यक्ष पुजा कार्कि, तुलसी चौधरी लगायतका नेताहरु मन्चमा छमछमी नाचेपछि अमुवाको माहौल नै एकछिन रोमान्चक बन्यो ।
नेताहरु उत्साहित हुदैं नाचेपछि अर्को कलाकार विष्णु श्रीपालीले ‘भत्केको छ सबै कुरा…बामपन्थिले जितेपछि हुन्छ सबै पुरा …. शान्ति अनि समुन्नती हाम्रो मुल मर्म ।।।।बामपन्थिले जितेपछि हुन्छ सबको धर्म ।।।। भनेर गित थपीन ।
कलाकार श्रीपालीले आयो हजुर गाउदेखी शहर…बामपन्थिकै छ लहर….देशमा शान्ति छाएको हेर्ने मन छ, बामपन्थीले जित्यो भने बल्ल देश बन्छ ।।। भन्दै मिठो स्वर सबैलाई छमछमी नचाउदां नेताहरु मन्चमा कम्मर मकाई मर्काइ नाचेका थिए । विशेषगरी युवासंघका केन्द्रिय उपाध्यक्ष गुरुंग कलाकारद्धयले गीत गाएर नसकुन्जेल सम्म प्रफुल्ल मुद्रामा नाचेको देख्दा सहभागी युवाहरु एकतारले तालीको गडगडाहट सहित दर्शक दिर्घामा उत्साहित मुद्रामा देखिन्थे ।
रुपन्देही ३ बाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार रहेका एमाले उपमहासचिब घनश्याम भुसाल र प्रदेश सभा २ बाट उम्मेदवार रहेका तुलसी प्रसाद चौधरी तथा प्रदेश सभा १ बाट उम्मेदवार रहेका विश्वास बराललाई जिताउन युवासंघ र वाइसीयलको केन्द्रिय नेतृत्व लागी रहेको छ भने कलाकारहरुले पनि आफ्ना कलाकारिता मार्फत बामपन्थी उम्मेदवार जिताउ अभियान शुरु गरेका छन् ।
















प्रतिक्रिया