२२ कार्तिक २०८३, आइतबार

वाम एकता जनताको सम्पतिः एमाले उपमहासचिब भुसाल

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, २ मंसिर । बाम एकता जनताको स्वार्थको लागी भएको एमाले उपमहासचिव घनश्याम भुसालले तर्क गरेका छन् । युवा संघ नेपाल र योंग कम्युनिस्ट लिगले संयुक्त रुपमा रुपन्देहीको अमुवामा आयोजना गरेको वृहत युवा भेलालाई सम्बोधन गर्दै उपमहासचिव भुसालले भने ‘बाम एकता जनताको सम्पति भइसक्यो । जसले एकता भाड्न खोज्ला त्यसको खैरत छैन । जुन तहको नेताले भाड्न खोज्छ त्यो आफै सिद्धीन्छ । ’

रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार समेत रहेका नेता भुसालले एमाले र माओवादी केन्द्रबीच पार्टि एकता हुन्छ की हुन्न भनेर बारम्बार नसोध्न कार्यकर्तालाई आग्रह समेत गरेका छन् । उनले बाम एकताको बारेमा थप प्रस्टाउदैं भने ‘बाम एकता जनताको सम्पति भयो । अब कसैले एकता भाड्न खोज्यो भने त्यो स्वतः सिद्धिन्छ ।’

‘अबको विकास मान्छेलाई केन्द्रित गरिने विकास हुनेछ । युवालाई रोजगारीको ग्यारेन्टी गरिनेछ । युवाहरुलाई राज्यले केबल उपयोग मात्रै गरेको भन्दै भुसालले ‘जुन मुलुकका युवाहरुको पसिनाले मुलुकको माटो सिंचीत हुन्छ त्यो मुलुक मात्रै समृद्ध हुन्छ । तर विडम्बना हाम्रो मुलुकका लाखौं युवाहरु कतारमा ५२ डिग्रीको तापक्रममा तपतपी पसिना चुहाइरहेका छन् । जब सम्म ती युवालाई स्वदेश फिर्ता गरिदैैन तब सम्म देश बन्दैन ।’

एमालेका प्रभावशाली नेता भुसालले मुलुकलाई थीतिमा ल्याई समृद्धि तर्फ अगाडी बढाई सबै युवालाई सीप अनुसारको काम, काम अनुसार दाम दिने व्यवस्था अब निर्वाचन पछि बन्ने बामपन्थि सरकारले गर्ने पनि बताए । जनता मावि अमुवाको खुल्ला प्रांगणमा सहभागी सयौं युवाको भेलालाई सम्बोधन गर्दै भुसालले भने ‘अब बन्ने सरकार बामपन्थिहरुको हो । बामपन्थीहरुको सरकार बनेपछि मुलुकलाई बेरोजगार मुक्त बनाउने छौं तपाईहरु ढुक्क हुनुहोस ।’

भेलामा एमाले रुपन्देहीका पुर्व सचिव तथा प्रदेश सभा २ का उम्मेदवार तुलसी प्रसाद चौधरीले लोकतान्त्रीक गठबन्धनका उम्मेदवारले गाउका सोझा साझा जनतालाई किन्ने दुस्प्रयास गरेको भन्दै आक्रोस व्यक्त गरे । उनले भने ‘हिजोका कुण्डले मुण्डलेहरुले अहिले पनि जनतालाई पशु झै सम्झेर किन्न खोज्दैछन् । मासु र रक्सीमा जनताको मत खरिद गर्न खोज्दैछन् । तर उनीहरुले यो बुझेका छैनन की जनता सचेत छन् । ती भ्रष्टहरुको नियत जनताले बुझिसकेका छन् । आज जनताको मत किन्नेले भोली जहां पनि बेच्न सक्छ ।’

युवा संघ नेपालका किरण नेपालको सभापत्वि तथा हेमन्त थापा मगरको सन्चालनमा सम्पन्न उक्त भेलामा युवा संघ नेपालको केन्द्रिय उपाध्यक्ष राजु गुरुंग, वाईसियल नेपालको केन्द्रिय उपाध्यक्ष पुजा कार्कि, एमाले जिल्ला कमिटी सदस्य तथा निर्वाचान परिचालन कमिटी प्रदेश २ संयोजक रामप्रसाद रेग्मी, एमाले प्रदेश कमिटी सदस्य भवानी शंकर सापकोटा, माओवादी केन्द्रिय सदस्य प्रेम गुरुंग, युवा सघ केन्द्रिय सचिवालय सदस्य देवराज पोखरेल लगायतले सम्बोधन गरेका थिए ।