
पर्वत, २ मंसिर । जिल्लाको जलजला गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रका युवाहरुको भेला सम्पन्न भएको छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभालाई लक्षित गरी उक्त भेला सम्पन्न भएको हो ।
भेलामा युवाहरुले नेपाली कांग्रेस हार मानसिकताका कारण पैसाले मत खरिद गर्न लागेको भन्दै कडा आपत्ती जनाएको छन । पैसाले जनमत किनेर नेता हुने आश नेपाली कांग्रेसमा पलाउँदै गएको भन्दै युवाहरुले पैसाले जनमत किन्ने प्रयास गरिए त्यसको प्रतिपाद गर्ने उद्घोष गरे ।
जनताले मनै देखि रोजेका प्रतिनिधि जनताका काम गर्ने तर पैसाले मत किनेर विजयी भएका नेताले दलाली र पुँजीबादको पक्षमा काम गर्ने भन्दै युवाहरुले प्रत्येक गाउँमा युवा परिचालन कमिटि बनाउने निर्णय गरेको युवा संघ नेपालका धौलागिरी कोषाध्यक्ष अर्जुन निर्जन पौडेलले जानकारी दिए ।
नेकपा एमालेका प्रचार विभाग प्रमुख लालबहादुर अधिकारी, युवा संघका अञ्चल कोषाध्यक्ष अर्जुन निर्जन पौडेल, सह सचिव नवराज गिरी लगायतका नेताहरुले भेलालाई सम्बोधन गरेका थिए ।
आर्थर बस दुर्घटनाः एमालेले दियो मृतकप्रति श्रद्धाञ्जली
जिल्लाको कुश्मा नगरपालिका वडा न १४ आर्थर, रेस भन्ने स्थानमा यात्रुबहाक वस दुर्घटनामा प्रति नेकपा एमाले पर्वतको ध्यानाकर्षण भएको छ । एमालेले विज्ञप्ति निकाल्दै बस दुर्घटनामा मुत्यु भएका प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरेकोे छ । नेकपा एमाले पर्वतका कार्यालय सचिव शिवलाल सार्कीद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको उपचारको ब्यवस्था गर्न हामी सरकारसंग जोडदार माग गर्दछौं ।’
बालाचलुदर्शी लिएर पञ्चासे लेकबाट आर्थर आउँदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा पोखरा लेखनाथ महानगरपालिका मालेपाटनका दिपक गुरुङ्गको मृत्यु भएको छ ।
बालाचतुर्दशीमा पञ्चासेमा सत्बीज र्छन गएका तीथ यात्री बोकेर आर्थर आउँदै गरेको ध १ ख ८७ नम्बरको बस दिउँसो ४ बजे दुर्घटना परेको हो । पर्वत कास्की र स्याङ्गको सिमानामा पर्ने भञ्याङ्गमा सडकबाट सय मिटर तल खसेको बसमा सवार झण्डै ४० यात्रु घाइते भएका छन ।












प्रतिक्रिया