एजेन्सी । खानपानको गलत बानी व्यवहार कम उमेरमा नै दाँत पहेलो हन जान्छ । खानपानको कारण नै विशेषगरी हाम्रो दाँतको चमक हराउने गर्दछ । दाँत पहेलो हुने यो समस्याबाट बच्नको लागि एउटा साधारण उपाय अपनाए मात्रै पुग्छ । यो उपाय अपनाएको ५ मिनेटमा नै तपाईको दाँतको पहिलोपना हराउँछ ।
त्यसअघि स्याउ, नासपति तथा गाँजरलाई सधैँ आफ्नो दैनिक खानामा सामेल गर्न नभुल्नुहोला । खानामा यी कुराहरुको प्रयोग गरेमा मुखमा आवश्यक मात्रामा सलिभा अर्थात -याल निस्कन्छ । जसबाट दाँत सफा रहन्छ र दाँतको चमक पनि प्राकृतिक रुपमा नै आउँछ । त्यो भन्दा पनि महत्वपूर्ण अर्को कुरा के भने चुरोट, सूर्ति तथा गुट्वाको सेवन गर्न तत्काल बन्द गर्नुहोस् । पछिल्लो समयमा मानिसहरुमा दाँत पहेलो हुनुको प्रमुख कारण नै यहि हो ।
दाँत चम्किलो बनाउन यी उपायहरु अपनाउनुहोस्ः
१. एउटा स्याउको टुक्रा लिएर दाँतमा दल्नुहोस् । यसले दाँतको चमक बढाउँछ । किनकी स्याउमा मेलिक एसिड (Malic acid) हुन्छ । यसले दाँतको पहेलापनालाई हटाउन मद्यत गर्छ ।
२. दैनिक रुपमा बदाम या ओखरको सेवन गर्ने । यसले दाँतमा जमेको फोहोरलाई सफा गर्दछ । र पहेलोपना हटाउन मद्यत गर्छ ।
३. नियमित दाँतको जाँच गर्नु पनि उत्तिकै आवश्यक छ । यसो गरेमा समयमा नै दाँतको रोग सम्बन्धी थाहा हुन्छ । र समयमै उपचार गर्न सकिन्छ । जसबाट दाँतको चमक हराउन पाउँदैन ।
४. चिया तथा कफिको सेवन कम गर्नुहोस् । किनकी यसमा क्याफेन (Caffeine) रहेको हुन्छ । जसले दाँतलाई पहेलो बनाउँछ ।















प्रतिक्रिया