काठमाडौं, २ मंसिर । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञावालीले प्रधानमन्त्री शेरबहादुर देउवाको कडा आलोचना गर्दै देशमा शान्ति सुरक्षा बनाउन नसकेको आरोप लगाएका छन् ।
गृहजिल्ला गुल्मीमा शनिबार बोल्दै ज्ञवालीले देशभरि भइरहेका आक्रमण, अराजकता र हिंसाका घटना रोकन नसकेको बताए । उनले भने, ‘केही दिन यता उम्मेदवारहरूलाई लक्षित गरेर सृङ्खलाबद्द बिस्फोटनका घटनाहरूको निन्दा गर्दछौँ । सरकारले सुरक्षा दिन उदासिनता देखाएको छ । छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम होस् ।’
एमाले सचिव ज्ञवालीले यस बिषयमा सरकारको धाराणाको माग पनि गरेका छन् । उनले गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवालाई प्रश्न गर्दै भने, ‘यस्तो बेलामा के गर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ? कतै यही बाहाना बनाएर चुनाव रोक्ने खेलमा लाग्नु भएको छ की ?’












प्रतिक्रिया