२२ कार्तिक २०८३, आइतबार

देव गुरुङले भने- लमजुङको समग्र विकास वाम गठबन्धनको प्रमुख एजेण्डा

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २ मंसिर । वाम गठबन्धनबाट लमजुङको प्रतिनिधि सभा सदस्य उम्मेद्वार देवप्रसाद गुरुङले लमजुङको समग्र विकास आफ्नो प्रमुख एजेण्डा रहेको बताउनुभएको छ ।

मतदाताको घरदैलो अभियानमा रहनुभएका माओवादी केन्द्रका नेता गुरुङले जलविद्युत र पर्यटनको अथाह स्रोतको उपयोग गर्दै जिल्लालाई सम्वृद्ध बनाउने योजना रहेको बताउनुभयो । जलविद्युत, पर्यटन, सडक, सिञ्चाई र व्यवसायिक कृषिलाई प्रवद्र्धन गर्नेगरि पञ्चवर्षे योजनाहरु तयार पारिएको उहाँले बताउनुभयो ।

‘लमजुङ जलविद्युतको अथाह सम्भावना रहेको जिल्ला हो । त्यसैले जलविद्युतबाटै लमजुङलाई समृद्ध बनाउन सकिन्छ,’ गुरुङ भन्नुहुन्छ, ‘सडकको स्तरोन्नति र कालोपत्रे गर्नेछौं । लमजुङमा पर्यटनको पनि धेरै सम्भावना छ, जिल्लालाई पर्यटनको ‘हव’ बनाउनुपर्छ ।’

‘लमजुङका धेरै गाउँहरुमा मोटरबाटो पुगेको छ । यी बाटोको स्तरबृद्धि नहुँदा जनता प्रताडित बनेका छन् । अबको पाँच बर्षमा सबै सडकहरु कालोपत्रे हुनेछन् । नागरिकहरुले सुखको अनुभुति गर्न पाउनेछन् ।’, नेता गुरुङले भन्नुभयो ।

‘हामी बाचा मात्र गर्ने हैन पुरा गरेर देखाउन चाहन्छौं ।’, नेता गुरुङ भन्नुहुन्छ, ‘देशलाई सम्वृद्धितर्फ लगेर नागरिकलाई खुसी बनाउनु हाम्रो कर्तव्य हो ।’

उहाँले आफुँले चारैतिरबाट राम्रो सहयोग, मायाँ र हौसला पाएको भन्दै चुनाव जितेर जिल्ला र राष्ट्रको विकास गर्ने बताउनुभयो ।

माओवादी नेता गुरुङ प्रतिनिधिसभाका लागि ‘हेभीवेट’ नेता हुनुहुन्छ । पहिलो संविधान सभा निर्वाचनमा मनाङ र कास्कीबाट निर्वाचित गुरुङ २०३६ देखि राजनीतिमा क्रियाशिल हुनुहुन्छ । २०४२ मा अखिल छैठौंको अध्यक्ष हुनुभएका गुरुङ २०४८ मा लमजुङबाट निर्वाचन लड्नुभएको हो । लमजुङका लागि परिचित उम्मेद्वार गुरुङले जित्दा जिल्लाको विकास हुनेमा मतदाताहरुपनि खुसी भएका छन् ।

माओवादीको केन्द्रीय नेतृत्वमा रहनुभएका गुरुङ अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी विधायकमा संसदीय दलको उपनेता हुनुहुन्थ्यो । यसैगरी गुरुङ अन्तरिम सविधान निर्माण गर्ने टोलीमा पनि संलग्न हुनुहुन्थ्यो ।

अति विकट हिमालपारिको जिल्ला मनाङको ओडारगाउँमा जन्मनुभएका गुरुङ जनजाति, महिला तथा उत्पीडित वर्गको पक्षमा संविधान लेखाउन अनवरत लागिपरेको बताउनुहुन्छ ।

माओवादी भित्र बैचारीक नेताका रुपमा लिइने गुरुङले यसअघि स्थानीय विकास र कानुनमन्त्रीको जिम्मेवारी निभाउनुभएको थियो । यसपटक जितेपछि पुनः महत्वपूर्ण मन्त्रालय सम्हालेर जिल्लाको विकास गर्ने हैसियत उहाँमा रहेको मतदाताहरु बताउँछन् ।