कञ्चनपुर, २ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् कञ्चनपुरको क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार रमेश लेखकले नेपाली जनताको विकास र समृद्धिको चाहना कांग्रेसले मात्र पूरा गर्ने बताएका छन् ।
उनले कांग्रेसका उम्मेदवारहरूलाई अत्याधिक मतले विजयी बनाउन मतदातासमक्ष अनुरोध गरेका छन् ।
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको प्रचार प्रसार अन्तर्गत भीमदत्त नगरपालिकाको १४ र १६ नम्बर वडामा आयोजित चुनावी सभाहरूलाई संबोधन गर्दै नेता लेखकले सो कुरा बताएका हुन् ।
‘हामीले संविधानसभाबाट संविधान जारी गरेर राजनीतिक परिवर्तनको लक्ष्य हासिल गरी स्थापित गरिसकेका छौ’, नेता लेखकले भने, ‘तपाई हामी सबैमा देशलाई विकसित मुलुकको दाँजोमा पुगाउने, यही रोजगारी सिर्जना गर्ने र सम्पन्न बन्ने चाहना छ, त्यसलाई कांग्रेसले मात्र पूरा गर्न सक्छ , यो चुनाव जितेपछि हाम्रो सरकार त्यही काममा लाग्नेछ ।’
उनले जनताको विकास र समृद्धिको चाहना पूरा गर्न अहिले नेपाली कांग्रेसलाई सबै जनताको सहयोग र समर्थन चाहिएको बताउदै आसन्न चुनावमा प्रतिनिधि सभा र प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई अत्यधिक मतले विजयी बनाउन पनि आग्रह गरे ।
‘दोधारा–चाँदनी सुख्खाबन्दरगाहा निर्माण, महाकाली करिडोर हुदै त्रिदेशीय नाका बनाउने विकास हुन्छ’, नेता लेखकले भने, ‘संविधान निर्माणको काममा संलग्न भैरहेको बेलामा पनि हामीले सडक, पुल, खानेपानी, सिंचाई, स्वास्थ्य र शिक्षाका क्षेत्रमा धेरै काम गरेका छौ ।’
उनले कांग्रेसको सरकारको पालामा अरुको पालामा भएको विकासको तुलना गर्न पनि मतदातासंग आग्रह गरे ।
भीमदत्त नगरपालिका १४ र १८ को खैरबट्टी गरि ५० जना साथै वडा नम्बर १६ मा आयोजित चुनावी कार्यक्रममा दुईदर्जन अन्य पार्टीका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।











प्रतिक्रिया