५ कार्तिक २०८३, बिहिबार

न्यूरोडमै खुल्यो रोबोटले खानेकुरा ल्याउने रेष्टुरेन्ट

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । मानिसले मेन्यु देखाएर खानाको अर्डर लिने र सोही अर्डर बमोजिमको खाना टेबुलमा ल्याएर ग्राहकलाई दिने थुप्रै रेष्टुरेन्टहरूमा तपाई पुगिसक्नुभएको होला ।

तर, रोबोटलाई अर्डर दिने र रोबोटले नै टेबुलमा खाना ल्याएर दिने नेपाली रेष्टुरेन्टमा सायदै पुग्न पाउनुभएको होला ।

यदी पुग्नुभएको छैन भने अब नेपालमै यस्तो रेष्टुरेन्टको अनुभव गर्न पाउनुहुनेछ । किनभने नेपालमा पहिलो पटक रोबोटले सर्भिस दिने रेष्टुरेन्ट सञ्चालनमा आउन लागेको छ ।

२१ औँ शदाब्तीमा विज्ञानले उल्लेखनीय अविष्कारहरू गरी मानव जीवनलाई धेरै सहज, छिटो र छरितो बनाउदै गएको अवस्थामा नेपालको काठमाडौंको न्यूरोडको पिपुल्स प्लाजामा रोबोटले सर्भिस दिने रेष्टुरेन्ट खुल्न लागेको छ । रेष्टुरेन्टको नाम केकेएफसी राखिएको छ । रेष्टुरेन्ट मंरिर ९ गतेदेखि चल्नेछ ।

विगत एक दशक देखि रेष्टुरेन्ट व्यवसायमा संलग्न रन्जित साहले संचालक रहेको केकेएफसी रेष्टुरेन्टमा फास्ट फुड कुजिन अन्तर्गत क्रिस्पी फ्राईड चिकेन, ग्रिल्ड चिकेन, बर्गर र हटडक लगायतका परिकारहरु पस्किने लक्ष्य राखिएको छ ।

साहका तीन दाजुभाईहरूको संयूक्त प्रयासले रोबोट प्रविधि जडित रेष्टुरेन्टलाई नेपालमा सम्भव तुल्याएको हो । अन्य मुलुकहरूमा रोबोट प्रविधि जडित रेष्टुरेन्ट संचालनमा आइसकेपनि नेपालको लागि भने यो पहिलो र नौलो हो ।

ग्राहकहरुलाई छिटो र छरितो सर्भिस दिन सकियोस र नया अनुभव पनि हासिल होस भन्ने उद्देश्यले रोबोट जडित रेष्टुरेन्ट संचालनमा ल्याउन लागेका हौं साहले भने ।