३० आश्विन २०८३, शुक्रबार

पाकिस्तानी प्रहरीद्धारा इस्लामिष्ट र्‍याली रोक्न आदेश

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामाबाद, २ मंसिर । पाकिस्तानको प्रहरीले राजधानी इस्लामावादमा अतिवादी इस्लामिकहरूले निकाल्न लागेको र्‍याली केही घण्टामै रोक्न चेतावनी दिएको छ ।

उग्रवादी इस्लामिष्ट पार्टीका झण्डै पाँच हजार जना सदस्यहरुले फैजावादबाट पार गरेर इस्लामावादमा र्‍याली प्रदर्शन गर्ने तयारी गरेका थिए ।
सहरी जीवन र ट्राफिक व्यवस्थापनलाई नै अस्तव्यस्त पार्नेगरी उनीहरुद्वारा गत हप्ता सुरु भएको र्‍यालीका कारण सामान्य जनजीवन प्रभावित बनेको भन्दै प्रहरीले सो आदेश दिएको हो ।

प्रहरीको आदेशपछि शुक्रबार प्रदर्शनकारीहरुको समूह तत्काल छिन्नभिन्न भएपछि नियमित गर्दै आएको प्रदर्शन शुक्रबार भने हुन सकेन । – एपी