चन्द्रौटा (कपिलवस्तु), १ मंसिर । कपिलवस्तुमा पहिलो पटक “नेपाल हेवी इक्वीप्मेन्ट व्यवसायी संघ” गठन भएको छ । जिल्लाभरका हेवी इक्वीप्मेन्ट व्यवसायीहरुको चन्द्रौटामा सम्पन्न वृहत भेलाले संघको ३५औं शाखा गठन गरेको हो ।
व्यवसायीहरुको भेलाले तिलक अधिकारीको अध्यक्षतामा ७ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ । जसको उपाध्यक्षमा बब्लु खान, सचिवमा धनबहादुर गाहा, कोषाध्यक्षमा बलबहादुर विश्वकर्मा तथा सदस्यहरुमा शंकर जि.सी., प्रेमराज पन्थ र शंकर के.सी. सर्वसम्मत निर्वाचित भएका छन् । भेलाले सैलेन्द्र पुन ‘भरत’, तौवाब खान र चुन्ना बाबुलाई सल्लाहकार चयन गरेको बताइएको छ ।
जिल्लाभरि छरिएका रहेका हेबी इक्वीप्मेन्ट सम्बन्धी व्यवसायीहरुलाई एकीकृत गर्न संघ गठन गरिएको नव गठित तदर्थ समिति अध्यक्ष तिलक अधिकारीले बताउनुभयो । समितिले व्यवसायी तथा जे.सी.बी., स्काभेटर संचालनमा आइपर्ने समस्यालाई समाधान गर्ने अधिकारीको भनाई छ । साथै व्यवसायीबीच एकरुपता ल्याउन समेत समितिले पहल चाल्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल हेबी इक्वीप्मेन्ट व्यवसायी संघका केन्द्रिय महासचिव उमाकान्त शर्मा र केन्द्रिय सदस्य डिल्ली डाँगीले नव गठित समितिका पदाधिकारीहरुको कार्यसफलताको शुभकामना दिएका थिए ।













प्रतिक्रिया