१२ मंसिर २०८३, शनिबार

काँग्रेस कार्यकर्ताबीच झडप, एकजना गम्भीर घाइते

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजेश कुईकेल
मोरङ, १ मंसिर । निर्वाचनको बारेमा छलफल भईरहेका बेला मोरङको पथरी शनिश्चरेमा नेपाली काँग्रेसका युवाहरुबीच झडप भएको छ ।

झडपमा परेर एकजना युवा घाइते भएका छन् । बिहीबार राती ९ बजे पथरी बजारस्थित मितेरी होटलमा मादक पदार्थ सेवन गरी भएको झगडापछि आपसमा कुटाकुट हुदा वडा नम्बर १० का मिलन राई सख्त घाइते भएको इलाका प्रहरी कार्यालय प्रमुख राजन कार्कीले जानकारी दिए ।

राईको टाउकामा शिसाको बोतलले प्रहार भएपछि उपचारका लागि न्यूरो अस्पताल विराटनगर पु-याइएको छ । घटनापछि पथरी शनिश्चरे नगरपालिका १० का वडाध्यक्ष ४० वर्षीय सागर राईसँगै पथरी शनिश्चरे–१ का २६ वर्षीय राजेन्द्र बुढाथोकी, ४० वर्षीय सन्तोष लिम्बू र ३५ वर्षीय भूपेन्द लिम्बूलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो । बोतल प्रहार गर्ने युवा भने फरार रहेका छन् ।

काँग्रेसका युवा नेता केशव दुलाल सहितको समूहले आवश्यक परेको खण्डमा हाजिर गराउने गरी चारैजनालाई शुक्रबार बिहान रिहा गरिएको प्रहरीले जनाएको छ ।