५ कार्तिक २०८३, बिहिबार

सामसुङले दियो नेपाली विद्यार्थीलाई सूचना प्रविधि तालिम

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ मंसिर । सामसुङ (दक्षिण कोरिया) ले विभिन्न सीएसआर परियोजनामध्ये सामसुङ स्वयमसेवक कर्मचारी कार्यक्रम (Samsung Employee Volunteer Program) आयोजना गरी नेपालीयुवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा सहयोग गरेको छ । यसकालागि सामसुङ कोरियाबाट २६ जनाको टोली समेत नेपाल आएको थियो ।

महिला उद्यमशीलतालाई सहयोग गर्ने उद्देश्यसहित सामसङ टिमले उनीहरुको लागि ग्राफिक डिजाइनिङ्ग र फोटोसप सम्बन्धी विशेष तालिम पनि प्रदान गरेको थियो । यसबाट महिला उद्यमशीलताको मात्र विकास नभई उनीहरुको भावी जीवन नै विशेष उपलब्धिपूर्ण हुने विश्वास सामसुङले लिएको छ ।

सामसुङ टिमको प्राविधिक समुहले नेपालका करिव १०० विद्यार्थी र विभिन्न ७ वटा स्कुलका १० जना कम्प्युटर शिक्षकहरुलाई प्रशिक्षण दिएको थियो । यसको लागि आवश्यक पर्ने प्राविधिहरु तथा अन्य आवश्यक पर्ने तालिमका सरसामानहरु कोरियाबाटै खरिद गरी ल्याइएको थियो । ति सामानहरु विद्यालयमा प्रदान समेत गरिएको छ । यसबाट करिव ७ हजारभन्दा धेरै विद्यार्थीहरु लाभान्वित हुने विश्वास सामसुङले लिएको छ ।

यो वर्कशप नोभेम्बर महिनाको ११ तारिखदेखि १७ तारिखसम्म ज्ञान सिन्धु एकेडेमीमा सञ्चालन गरिएको थियो । ज्ञानसिन्धु एकेडेमीमा सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रममा कक्षा ७ र ८ का विद्यार्थीहरुलाई एमएसवर्ड र ९ कक्षाका २६ विद्यार्थीहरुलाई तथा अन्य स्थानीय उच्च माविका विद्यार्थीहरुलाई समेत सहभागी गराई HTML सम्बन्धी प्रशिक्षण पनि दिइएको थियो ।