२ कार्तिक २०८३, सोमबार

पाँचौ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ मंसिर । ‘प्रधानसेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०७४’ शुक्रबारबाट सुरु भएको छ । नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन भएको सो प्रतियोगिताको शुक्रबार प्रधानसेनापति राजेन्द्र क्षत्रीले जङ्गी अड्डास्थित फुटबल मैदानमा एक बिशेष समारोहका बीच निर्णायक मण्डललाई फुटबल हस्तान्तरण गर्दै उद्घाटन गरेका छन् ।

प्रतियोगितामा मित्रराष्ट्र भारतको सिक्किम महिला फुटबल टिम र बिहार महिला फुटबल टिम, तीन घरेलु विभागीय महिला फुटबल टिम तीन तथा पाँच विकासक्षेत्रका महिला फुटबल टिम गरी दश टिमको सहभागिता रहेको छ ।

शुक्रबारको पहिलो खेल नेपाली सेनाको त्रिभुवन आर्मी महिला फुटबल टिम र पश्चिमाञ्चल महिला फुटबल टिमबीच भएको थियो । उद्घाटन खेलमा त्रिभुवन आर्मी महिला फुटबल टिमले पश्चिमाञ्चल महिला फुटबल टिमलाई १२—० गोल अन्तरले पराजित गरेको छ । सो उद्घाटन खेलमा त्रिभुवन आर्मी महिला फुटबल टिमकी कृष्णा खत्री उत्कृष्ट खेलाडी घोषित भईन । उनले व्यक्तिगत ७ गोल गरेकी थिईन ।

साथै लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको मैदानमा मध्यपश्चिमाञ्चल महिला फुटबल टिम र नेपाल प्रहरीको महिला फुटबलबीच आजै भएको अर्को खेलमा नेपाल प्रहरीको महिला फुटबल टिमले मध्यपश्चिमाञ्चल महिला फुटबल टिमलाई १२—० गोल अन्तरले पराजित गरेको छ । उक्त खेलमा नेपाल प्रहरी महिला फुटबल टिमकी निर्मला विक उत्कृष्ट खेलाडी घोषित भईन । उनले व्यक्तिगत ४ गोल गरेकी थिईन । प्रतियोगितामा सबै खेलहरु नक आउटका आधारमा खेलाईएको छ । प्रतियोगिता मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ ।