दमक (झापा), १ मंसिर । चुनावी तालमेल गरेका बाम गठबन्धन र राप्रपाले भोली शनिबार झापाको दमकमा हुने बृहत चुनाबी सभाको तयारी पुरा भएको जनाएका छन् । एमाले, माओवादी केन्द्र र राप्रपाले सुयक्त रुपमा आयोजना गर्ने बृहत चुनावी सभाको सम्पूर्ण तयारी पुरा भएको जनाएका हुन् । तीन दलीय गठबन्धनले भोली दमकमा १ लाख मतदाता उतार्ने दाबी गरेको छ ।
सो बृहत आम सभालाई एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपाका केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङले मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई केन्द्रित गरे सम्बोधन गर्न राप्रपाका नेता तथा निर्वाचन परिचलन समिति झापा क्षेत्र नम्बर ५ का सहसंयोजक विजय बरालले जानकारी दिए ।
दमकमा दिउँसो हुने बृहत आमसभालाई सम्बोधन गर्न आउने शिर्ष नेताको सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिने इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिए । बृहत सभामा अप्रिय घटना नहोस् भनेर पिकेट, भिआइपी, डाइभर्सन र समारोह स्थल डियुटी तैनाथ गरिसकेको डिएसपी गिरीले बताए ।
रिजर्भ, ¥याली, स्कटीङ्ग डियुटी तयारी अवस्थामा रहेको प्रहरीले जनाएको छ । यसै गरी भोली बिहान नेता ओली र दाहालले बिर्तामोड स्थित वि एण्ड सी हस्पिटलले आयोजना गरेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रनिश गिरीले जानकारी दिए ।











प्रतिक्रिया