
काठमाडौँ, १ मंसिर । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले संरक्षित वन्यजन्तु सालकको खपटासहित एक जनालाई पक्राउ गरेको छ ।
वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नम्बर १७ ग्वार्कोबाट सालकको खपटा ओसार पसार गरी खरिद बिक्री गर्न भनि बोकेर ल्याएको अवस्थामा दोलखा जिल्ला तामाकोशी गाँउपालिका वडा नम्बर २ बस्ने बर्ष २७ का राज कुमार तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय, ललितपुरमा बुझाईएको सीआईबीले जनाएको छ ।
सालक CITES महासन्धी १९७५ को अनुसुची १ अन्तर्गतको लोपोन्मूख प्रजातिको सूचीमा सुचीकृत जनावर हो ।












प्रतिक्रिया