१२ मंसिर २०८३, शनिबार

अब मसिहा भनाउँदाहरुको दिन गएः महासेठ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम (धनुषा), १ मंसिर । नेकपा एमालेका नेता एवम् धनुषा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका लागि बाम गबन्धनका उम्मेदवार रघुवीर महासेठले देशैभरि बाम गठबन्धनले बुहमत ल्याउने दाबी गरेका छन् । शुक्रबार धनुषामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनाव विशेष साक्षात्कारमा बोल्दै नेता महासेठले अबको निर्वाचनमा एमाले–माओवादी केन्द्रको गठबन्धनले बहुमत ल्याउने र सरकार बनाउने दाबी गरेका हुन् ।

पूर्व मन्त्रीसमेत रहेका नेता महासेठले मधेसको हित र विकास एमाले बाहेक अरु कुनै पार्टीले नगरेको र गर्नै नसक्ने जिकिर गरे । उनले थपे, ‘एमालेबाहेक मधेसको हित गर्ने पार्टी अरु कोही छ र ? मलाई देखाई दिनुहोस् त ।’

उनले काँग्रेसले मधेसको विकासको लागि अहिलेसम्म सिन्को पनि नभाँचेको आरोप लगाए । उनले भने, ‘यहाँ कसैले म मधेसको मसिहा हुँ भनेर हिँडिरहेका छन्, ती कोही मसिहा होईनन्, म त भन्छु नेपाली काँग्रेसले अहिलेसम्म मधेशीजनतालाई ठग्दै आएको छ, पार्टीले त ठग्यो ठग्यो, मधेशी नेता भनाउँदाहरुले पनि ठग्दै आएका छन् ।’

नेतामहासेठले आफ्नो पार्टी धेरै लामो समयसम्म सरकारमा बस्न नपाएकोले जनताले चाहेको जस्तो विकास गर्न नसकेको गुनासो पोखे । ‘हामीकति सरकारमा बसेका छौं र ? यो कुरा त जनतालाई राम्रोसँग थाहा छ, जब एमाले सरकारमा जान्छ, तब देशी तथा विदेशी शक्तिहरुले सरकार ढालि हाल्छन्, काम गर्न खोई कहाँ दिएका छन् त ? हामी त आफूले गरेका प्रतिबद्धताहरु पूरा गर्ने पार्टी प-यौँ’, उनले भने ।

उनले आफूले धनुषाको विकासको लागि सक्दो काम गरेको समेत जनाए । महासेठले भने, ‘यहाँ सिँचाईको योजना कसले ल्यायो ? तटबन्ध, बाटोघाटो बनाएको छु, सोध्नुहोस् त जनतालाई, उहाँहरुले नै भनिदिनुहन्छ, रघुवीर महासेठले काम गरेको छ कि छैन भनेर ?’ उनले २ नम्बर प्रदेशको मुख्यमन्त्री बन्न नेता शत्रुधन महतो काबिल रहेको भन्दै पार्टीले निर्णय गरे उक्त जिम्मेवारी लिन महतो राजी भएको विश्वास दिलाए ।