रोल्पा, १ मंसिर । रोल्पामा पूर्वसभामुख ओनसरी घर्तीलाई लक्षित गरी बम विस्फोट भएको छ ।
प्युठानबाट रोल्पाको लिवाङ जाने क्रममा रोल्पा १ भदौरे जंगलमा घर्तीको गाडीनजिकै बम विस्फोट भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुयाँलले जानकारी दिए ।
बम विस्फोट भएपछि पूर्वसभामुख घर्तीको स्कर्टिङमा रहेको प्रहरीले २ राउन्ड हवाई फायर गरेको थियो । घटनामा कुनै क्षति नभएको बताइएको छ ।
यसअघि आजै नुवाकोटमा कांग्रेस नेता रामशरण महतको चुनावी टोलीमाथि बम आक्रमण हुँदा ५ जना घाइते भएका थिए ।
रोल्पाकै यसअघि वर्षमान पुन र जनार्दन शर्मा माथि बम आक्रमण भएको थियो ।











प्रतिक्रिया