काठमाडौँ, १ मंसिर । १९ वर्षमुनिको एशिया कप क्रिकेटको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित भएको छ । अफगानिस्तानसँग पराजित भएको नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ ।
नेपालले दिएको १०४ रनको लक्ष्य अफगानिस्तानले ३ विकेट गुमाएर २० दशमलव ३ ओभरमा पुरा ग-यो । अफगानिस्तानलाई जितका लागि मात्र १० रन चाहिँदा वर्षाका कारण झण्डै २ घण्टा खेल अवरुद्ध हुन पुगेको थियो । वर्षा रोकिएपछि अफ्गानिस्तानले २ विकेट गुमाएर खेल जित्यो । वर्षा अघि उसले १ विकेट मात्रै गुमाएर ९४ रन बनाएको थियो । ७१ रन जोडेका ओपनर रमानुल्लाह गुर्वाजलाई सन्दिप लामिछानेले आउट गरे । इक्रम अली पवन सर्राफको बलमा आउट भए ।
यसअघि टस जितेर फिल्डिङ रोजेको अफगानिस्तानले नेपाललाई सस्तैमा समेटेको थियो । उसले नेपाललाई २८ ओभरमा १०३ रन बनाउँदाको अवस्थामा अल आउट ग-यो । नेपालले २ रन बनाउँदा पहिलो विकेट गुमायो । नेपालका लागि अनिलले ५० रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य पारी खेल्न सकेनन् । नेपाललाई सस्तैमा समेटन अफगानिस्तानका मुजीब उर रहमान एक्लैले ६ विकेट लिएका थिए ।















प्रतिक्रिया