१२ मंसिर २०८३, शनिबार

गौचन हत्यामा संलग्न थप दुईजना कपनबाट पक्राउ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ मंसिर । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या प्रकरणमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शुक्रबार हत्यामा संलग्न रहेका बसन्त थेबे र धनराज योङहाङलाई कपनबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुले गौचन हत्यामा सहयोगीको भुमिका निभाएका थिए । उनीहरुले गौचनको बारेमा सूटरलाई सूचना दिनुका साथै हत्यामा प्रयोग गरिएको हतियार लुकाउन मद्दत गरेको एआईजी जयबहादुर चन्दले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट दुई वटा पेस्तोल र १० राउण्ड गोली समेत बरामद गरिएको उनले बताए ।

यसअघि मुख्य सुटरसहित ५ जनालाई प्रहरीले ३७ दिनपछि गत मंगलबार पक्राउ गरिसकेको छ । घटनाका मुख्य योजनाकार समिरमान सिंह बस्नेतसहित अन्य ८ जना भने अझै फरार छन् ।