२२ कार्तिक २०८३, आइतबार

कुनै स्वार्थको लागि होइन् विकास गर्न उम्मेदवार बनेको हुँः वाम उम्मेदवार कुवँर

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, ३० कात्तिक । अछाम प्रदेशसभा १ का उम्मेदवार गोविन्द कुवँरले आफू विजय भएपछि जिल्ला र चौरपाटी गाउँपालिका विकासका लागि खाका बनाईसकेको बताउनुभएको छ । उहाँले आफू कुनै स्वार्थको लागि उम्मेदवार नभई साफेबगर चौरपाटीसम्म र जिल्लाको सबै ग्रामिण स्तरका सडक गुणस्तर, गुणस्तरीय शिक्षा, खानेपानीको समस्या पुर्ति, देविस्थान बैजनाथ धार्मिक क्षेत्रको विकास गर्नका लागि चुनावी मैदानमा आएको स्पष्ट पार्नुभयो ।

सभाका प्रमुख अतिथी एमाले प्रदेश सदस्य कुल बहादुर कुँवरले देश विकास गर्न बाम गठबन्धन अावश्यक रहेकाे बताउनुभयाे । साफेबगर नगरपालिका प्रमुख समेत रहेका कुँवरले अछामकाे विकासका लागि बाम गठबन्धनले सधै अघि बढिरहेकाे र बाम गठबन्धनले घाेषणा गर्न मात्र बाँकी रहेकाे दावि गर्नु भयाे ।

माअाेवादि केन्द्रका केन्द्रीय सल्हाकार सदस्य भरत बहादुर स्वारले देश विकास लागि बाम गठबन्धन भएकाे भन्दै सम्पुर्ण जनसमुदायलाई सुर्य चिन्हमा मतदान गरि बहुमतले विजय गराउन अाग्रह गर्नु भयाे ।

यस्तै सभामा नेकपा माअाेवादी केन्द्र अायाेजक सदस्य तथा चाैरपाटी गाउपालिका चुनावि प्रचार प्रसार संयाेजक राम बहादुर थापा, अायाेजक कमिटी सदस्य टंक रावल, सुरत भुल, एमाले प्रदेश अार्थिक सदस्य मीन बहादुर कुँवर, एमाले सचिवालय सदस्य शिलाेज कुँवर, अाेयाेजक कमिटी शिक्षक महाँसघका महासचिव तिलक कुँवर, चाैरपाटी गाउपालिका अध्यक्ष हर्क साउद, कानुन प्रदेश सदस्य खड्ग खड्का, माअाेवादी केन्द्रका सचिवालय सदस्य शंकरमान बाेहरा, एमाले जिल्ला सदस्य पशुपति कुँवर, कर्ण कुँवर, देव बहादुर साँउद, एमाले चाैरपाटी गाउँ संगठन कमिटी सचिव खगेन्द्र बाेहरा, एमाले साफेबगर नगरसङगठन कमिटी सदस्य प्रचार बिभाग प्रमुख दिपक कुँवर, युवा सँघ जिल्ला अध्यक्ष हिरेण्ड कुँवर, एमाले नेता माेहन बाेहरा महिला नेतृ सपना कुमाल ,एमाले वडा कमिटी उपाध्यक्ष अमर कुँवर लगायतले मन्तब्य राख्नु भएकाे थियाे ।

एमाले वडा कमिटी अध्यक्ष शेर बहादुर बाेहराकाे अध्यक्षतामा भएकाे सभाकाे स्वागत मन्तब्य माअाेवादि केन्द्र वडा कमिटी अध्यक्ष जगत बिक ले गर्नुभयाे । सभाकाे सञ्चालन तपेन्द्र कुँवर ले गरेकाे थिए ।