काठमाडौँ, ३० कात्तिक । नेकपा (एमाले)का महासचिव तथा काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर–५ का प्रतिनिधि सभाका उम्मेदवार ईश्वर पोखरेलको चुनावी प्रचारप्रसारमा केही चर्चित कलाकारहरु पनि देखिएका छन् । प्रभावशाली नेता पोखरेलको चुनावी प्रचारमा गायिका कोमल वली, नायक तथा निर्देशक निखिल उप्रेती तथा निर्देशक दिनेश डिसी पनि देखिएका हुन् ।
काठमान्डौको टोखामा आयोजित चुनावी सभा तथा घरदैलोमा पोखरेलसँग कलाकारहरुलाई देख्दा स्थानीय उत्साहित देखिएका थिए । तिनै कलाकारले काठमाडौँ ५ बाट पोखरेललाई अत्याधिक मत दिएर विजयी गराउन अनुरोध गरेका थिए । साथै उनीहरुले स्थायी सरकार तथा संमृद्ध नेपाल निर्माणका लागि बाम गठबन्धनलाई विजयी गराउन आवश्यक रहेको बताए ।













प्रतिक्रिया