२ कार्तिक २०८३, सोमबार

वाम गठबन्धनका नेतात्रयको बागलुङमा भव्य स्वागत, आमसभालाई सम्बोधन गर्दै के भने ?

7.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, ३० कात्तिक । बाम गठबन्धनका नेतात्रय एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको विहिबार बागलुङमा भव्य स्वागत गरिएको छ ।

तीनै नेताले हटिया बजारस्थित गल्कोट बहुमुखी क्याम्पस प्रांगणमा आयोजित बृहत् आमसभालाई सम्बोधन गरेका छन् । ओली र प्रचण्डले वाम गठबन्धनलाई बहुमत जित दिलाउन उपस्थित मतदातामाझ आह्वान गरे ।

विपी र गणेशमानको पालाको जस्तो अब देशमा नेपाली काँग्रेस नरहेको: ओली

एमाले अध्यक्ष ओलीले विपी र गणेशमानको पालाको जस्तो अब देशमा नेपाली काँग्रेस नरहेको बताए । उनले नेपाली काँग्रेससँग कुनै पनि नीति तथा कार्यक्रमहरु नभएको टिप्पणी समेत गरे । संविधानको कार्यान्वयन गर्दै जनतालाई सम्पन्नशाली गराउनको लागि बामगठबन्धन तयार भएको उनको भनाई थियो । ओलीले देशलाई एकताबद्ध गरेर स्थायित्व प्रदान गर्नको लागि मंसिर १० र २१ गते निर्वाचन हुन लागेको बताउदै ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लगत्तै ५ हजार भत्ता हुने गरी बृद्धि गर्ने बताए । उनले कम्युनिष्टहरुले भ्रमको खेती नगर्ने कसैलाई तर्साउने झुक्काउने काम नगर्ने स्पष्ट पार्दै कम्युनिष्ट आए तानाशाह नभइ लोकतन्त्र आउने समेत बताए ।

कम्युनिष्टहरु विभाजित भएकै कारण दक्षिणपन्थीहरुले देशमा राज गर्ने अबसर पाए: प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरु विभाजित भएकै कारण प्रतिक्रियाबादी दक्षिणपन्थीहरुले देशमा राज गर्ने अबसर पाएको बताउदै इतिहासको नकरात्मक अध्यायको अन्त्य गरेर नव युगतिर नेपाललाई लैजाने कम्युनिष्टहरुको केन्द्र बनाउने संकल्पसहित बामपन्थीहरुको बलियो सरकार बनाउने उदेश्यका साथ बामगठबन्धन निर्माण गरिएको बताए ।

विगत ७० बर्षदेखि देशमा एउटा भूमरी कुनै पनि सरकार पाँच बर्षसम्म नचल्ने, नटिक्ने र नेपाली जनताको विकास र समृद्धिको चाहाना कछुवाको गतिमा जाने, ९/९ महिनामा सरकार परिर्वतन हुने सरकार बन्ने र गिर्ने नयाँ चक्रव्यूहमा नेपाली जनता परेको भन्दै उनले देशलाई समृद्धितर्फ लैजानको लागि बामगठबन्धन भएको बताए ।

बाम एकतालाई देखेर कांग्रेस अत्तालियोः केसी

आमसभालाई सम्वोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले बाम एकता तथा गठबन्धन देखर नेपाली कांग्रेस अत्तालिएको बताए । केसीले नेपाली जनताको ढुकुटीबाट निर्वाचनको समयमा नेपाली कांग्रेसले पाइप बितरण गरेको आरोप लगाउदै निर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्नको लागी लोभ देखाएको आरोप लगाए ।

केसीले भने– ‘यहि बेलामा नेपाली कांग्रेसका साथीहरुले गलकोटमा पाईप बाढ्ने, बाटोमा डोजर घुमाउने, आफु अनुकुलका कर्मचारी सरुबा गर्ने तथा नियुक्त गर्ने गरेका छन् । यो नेपाली जनताको ढुकुटी रित्यायर भोट किनेकोजस्तो भयो ।’

उनले प्रजातन्त्रको ब्याख्या गर्ने पार्टीले निर्बाचन आचार सहिता बिपरितका काम गर्दा मौन बस्नु, निर्बाचनको संघारमा मन्त्रीमण्डल बिस्तार गर्नु प्रजातन्त्रको उपहास भएको आरोप लगाउदैे लोकतन्त्रलाई ध्बस्त पार्नेकाम नेपाली कांगेसले गरेको किटान गरे ।

उनले कम्युनिष्टबाट भएको गल्तीलाई भन्न नसकेर नेपाली कांग्रेसले यो चुनाबमा देश, जनताको रक्षा, सार्बभौम राष्ट्रियता रक्षा नगरी देशको राष्ट्रियता र सार्बभैमिकता माथी सौदाबाजी गरेर यो चुनाबमा जसरी पनि जित्ने दाउमा रहेको बर्ताए ।

छिमेकीलाई नेपालको संबिधान स्वीकार्य नभएकाले नेपाली कांग्रेसले जसरिपनि बहुमत ल्याएर संशोधन गरेर खुसी पार्ने काममा उद्दत रहेको बताए । केसीले स्थायी सरकार चलाउनको लागी कम्युनिष्ट पार्टीलाई भोट दिन आग्रह गरे ।