१२ मंसिर २०८३, शनिबार

मतदाताको घरघरमा वामदेव गौतम, थारु भाषामै कुरा राख्न पाएपछि हौसिए मतदाता

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया २९ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले लोकतन्त्र ल्याउनमा कम्युनिष्टहरुकै योगदान रहेका बताउनुभयो । उहाँले बुधबार बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ७ छोट्की डेउडामा देश लोकतन्त्रमय बन्नुमा कम्युनिष्टहरुकै भुमिका रहेको भन्दै कांग्रेसलाई लोकतन्त्रमा जबरजस्ती लतारेर ल्याएको बताउनु भयो ।

नेपालीहरु सबै श्रमजीवि भएको बताउँदै श्रमजीविहरुले काम गर्न पाउनु पर्ने र त्यसको ग्यारेन्टी बाम गठबन्धनको सरकारले गर्ने गौतमले बताउनु भयो । उहाँले भने ८० प्रतिशत कृषि पेशामा आश्रित रहेका नेपालीहरुका लागि कृषिमा आधुनिकीकरण गर्न आवश्यक रहेको बताउनु भयो ।

मतदताले नै आयोजना गरेको कार्यक्रममा एमाले उपाध्यक्ष हिंडेर नै कार्यक्रम स्थलसम्म पुग्नु भएको थियो । उहाँ बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ७ छोट्की डेउडामा हिंडेर नै मतदाताले आयोजना गरेको वडा भेला कार्यक्रममा पुगेको हो ।

थारुजातिको बाहुल्यता भएको सो ठाउँमा उपाध्यक्ष बामदेवले उनी समक्ष जानी नजानी नेपाली भाषा बोल्ने प्रयास गरिरहेका थारुलाई “आपन भाषामा बोली । आपन भाषामा बोले बेर अपन बात मजासे कहे सकेजाईट । मै बुझठु ।” भनेर थारु भाषामा नै बोल्न भनेपछि त्यहाँका थारुहरुले खुशि हुँदै आफ्ना कुरा आफ्नै भाषामा राख्नु भएको थियो ।

आफ्नो घर आँगनमा आएका उम्मेद्वार सामु स्थानीय रमै थारुले आफ्नो गाउँमा भएको लक्षमणा देखि गणेशपुर सम्मको ग्राबेल बाटोलाई कालो पत्रे बनाउन माग गर्नु भयो ।

गौतमले कार्यक्रममा वाम एकता गर्नुको कारण उपस्थित मतदातालाई सम्झाउनु भएको थियो । गणतन्त्र ल्याउनमा कांग्रेसको कुनै भुमिका नखेलेको भन्दै उस्लाई लतारेर ल्याएको बताउनु भयो ।

वाम गठबन्धनसंग मत आधा भन्दा धेरै र सिट २ तिहाई भएकाले अब हुने निर्वाचनमा वाम गठबन्धनको पल्ला भारि देखिएकाले सरकार बन्ने कुरा विश्वस्त हुन सबैलाई आग्रह गुर्न भयो । साथै उहाँले वाम गठबन्धनलाई जिताउनलाई सबै जना आ–आफ्नो तरिकाले लाग्नु पर्नेमा जोड दिनु भयो ।

स्थानीयले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका क्रियाशिल पार्टी सदस्य रंगीलाल थारु कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नु भएको छ । उहाँलाई एमाले उपाध्यक्ष गौतमले अविर र फुलमाला लागाई पार्टी प्रवेश गराउनु भयो ।