काठमाडौं, २९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको छ ।
पाण्डेलाई १० लाख घुस प्रकरणमा छानविनका लागि अख्तियारको टोलीले बुधबार दिउँसो चाबहिलस्थित घरबाटै नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ ।
मंगलबार राति नयाँबानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाट वैदेशिक रोजगार विभागका अधिकृत कीर्तिबल्लभ पौडेल र विभागकै नायव सुब्बा खडकबहादुर केसीले म्यान पावर व्यवसायीको ठगी मुद्दा मिलाइदिने भन्दै १० लाख रुपैयाँ लिदै गर्दा अख्तियारको टोलीले रंगेहात समातेको थियो ।
घुससहित पक्राउ परेका पौडेल र केसीले महानिर्देशकको पनि संलग्नता रहेको कुरा वयानमा उल्लेख गरेपछि अख्तियारले आवश्यक अनुसन्धानका लागि पाण्डेलाई नियन्त्रणमा लिएको हो । अहिले पाण्डेलाई हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया