१२ मंसिर २०८३, शनिबार

चीनसँगको बुढीगण्डकी सम्झौता खारेज गरेकै दिन देउवाले थपिदिए दुई भारतीय कम्पनीको म्याद

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । सरकारले चिनियाँ कम्पनीलाई दिइएको बुढीगण्डकी जलविद्युत् आयोजनाको सम्झौता खारेज गरेकै दिन दुई महत्वपूर्ण आयोजना निर्माणका लागि भारतीय कम्पनीको म्याद थप गरेको खुलासा भएको छ ।

आइतबारको मन्त्रिपरिषद बैठकले प्रचण्ड सरकारले बढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणको जिम्मा दिएको चाइना गेजुवा समूह कर्पोरेसन (सिजिजिसी)सँगको सम्झौता खारेज गरेको हो । मन्त्रिपरिषद बैठकले अनियमित र हचुवाढंगले निर्माण आयोजनाको जिम्मा दिइएको भन्दै खारेज गरेको हो ।

त्यसलगत्तै ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली तथा त्यति नै क्षमताको अरुण तेस्रोको निर्माण जिम्मा दिइएका भारतीय प्रवर्द्धक कम्पनी ‘सतजल विद्युत निगम’को भने वित्तिय व्यवस्थापनका लागि भन्दै ६ महिना समय थप गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकले सो निर्णय गरेको एक मन्त्रीले बताए ।

भारत सरकारको स्वामित्व रहेको सो कम्पनीले २०२१ सम्म अरुण तेस्रो निर्माण पूरा गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेको भएपनि हालसम्म निर्माण कार्य सुरु गरेको छैन । निगम र नेपालको लगानी बोर्डबीच २०७१ मंसिर ९ मा परियोजना विकास सम्झौता (पिडिए) भएको थियो ।