काठमाडौं, २९ कात्तिक । निर्वाचनको तयारी र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिशेष पत्रकार सम्मेलन आयोजनाको कार्यक्रम राखेका छन् ।
काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङकेटमा ओली र प्रचण्डले बुधबार बेलसका छ बजे संयुक्त पत्रकार सम्मेलन राखेका हुन् । पत्रकार सम्मेलन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा राखेको जनाइएको छ ।
पत्रकार सम्मेलनमा निर्वाचनको तयारीका विषयमा ओली र प्रचण्डले संयुक्त रुपमा जवाफ दिने जनाइएको छ ।
निर्वाचनको तयारीमा जुटेका ओली र प्रचण्डले वाम गठबन्धनविरुद्ध प्रहार भइरहेका विषयमा पनि कडा जवाफ दिनेछन् ।











प्रतिक्रिया