१५ कार्तिक २०८३, आइतबार

मकवानपुरमा खुकुरी प्रहार गरी तीन जनाको हत्या, दोषी पक्राउ

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २९ कात्तिक । मकवानपुरको मनहरी गाउँपालिका ७ बिजौनामा खुकरी प्रहारबाट तीन जनाको ज्यान गएको छ ।

स्थानीय सुमन बराइलीले मंगलबार साँझ साढे ५ बजे अन्धाधुन्द खुकुरी प्रहार गर्दा बिजौनाका ५२ वर्षीय सीताराम धिताल, धितालका १६ वर्षीय छोरा सुडन र अर्का स्थानीय ६५ वर्षीय जितबहादुर ब्लोनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए ।

सीतारामको प्राथमिक स्वास्थ्य चौकी मनहरी र सुडन र जितबहादुरको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक सीताराका दुई छोरामध्ये उनीसँगै जेठा छोरा सुडनको हत्या भएको हो । मकवानपुरको हर्नामाडीका जितबहादुर बिजौनास्थित छोरी ज्वाइँको घरमा बस्दै आएका थिए । उनी ज्याला मजदुरी गर्दै आएका थिए ।

प्रहरीले खुकुरी प्रहार गर्ने बराइलीलाई नियन्त्रणमा लिएको छ । घरासयी झगडापछि खुकुरी लिएर घरबाट निस्किएका ३१ वर्षीय बराइलीले घर नजिकै रहेका छिमेकीमाथि एक्कासि खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन् ।

घटनापछि बिजौना गाउँ शोकमा डुबेको मनहरी ७ मन अध्यक्ष ठाकुर तितुङले बताए ।

बराइलीलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरको जिम्मा लगाएको छ ।

बराइली हेर्दा सामान्य अवस्थामा देखिए पनि घटनाको कारण पत्ता लागिनसकेको छैन । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।