काठमाडौं, २८ कात्तिक । एनआई सी एशिया बैंकको नयाँ शाखा प्युठान नगरपालिका ४ जुम्रीमा सञ्चालनमा आएको छ । जुम्री शाखाको मंगलबार एक समारोहकाबिच प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेले उदघाटन गरे ।
शाखा सञ्जाल, एटिएम संख्या, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक एनआई सी एशियाले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिए ।















प्रतिक्रिया