२ कार्तिक २०८३, सोमबार

नेपाल एशिया कपको सेमिफाइनलमा, भारत बाहिरियो

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । नेपाल एसीसी यू–१९ युथ एशिया कप क्रिकेट सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा आज बंगलादेशले भारतलाई ८ विकेटले हराएपछि २ खेल (भारत र मलेसियासँग)मा जित र एक (बंगलादेशसँग)मा हार व्यहोरेको नेपाल ४ अंकसहित समूह उपबिजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

नेपाल सेमिफाइनल प्रवेश गर्दा तीन पटकको च्याम्पियन भारत भने लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । भारतलाई आइतबार नेपालले पराजित गरेको थियो । र, आज बंगलादेशसँग पराजित भयो ।

आज नेपालसँग पराजित भएको आयोजक मलेसिया पनि भारतसँगै समूह चरणबाट बाहिरिएको छ ।

यता समूह ए मा शत प्रतिशत जित निकाल्दै बंगलादेश समूह बिजेता बन्यो । र, सेमिफाइनलमा प्रवेश गरेको छ । अब सेमिफाइनलमा बंगलादेशले पाकिस्तानसँग र नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।