१२ मंसिर २०८३, शनिबार

अबको प्रधानमन्त्री मै हुँ, देउवा र पौडेलले विश्राम लिनुपर्छः गगन थापा (भिडियोसहित)

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीबाट अबको प्रधानमन्त्री आफू नै भएको दाबी गरेका छन् ।

‘धमलाको हमला’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले पार्टीका सभापति र वरिष्ठ नेताले विश्राम लिनुपर्ने बताए । ‘अबको प्रधानमन्त्री मै हुँ, पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेललेपनि विश्राम लिनुपर्छ,’ उनले भने ।

नेता थापाले अबको निर्वाचमा कांग्रेसले बहुमत ल्याउने दाबी समेत गरे । यदि वाम गठबन्धनको बहुमत आएपनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफै प्रधानमन्त्री हुने तर उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिने थापाको टिप्पणी छ ।

भिडियो:

https://www.youtube.com/watch?v=PJ2EQOAch9E