भोजपुर, २८ कात्तिक । भोजपुर जिल्लामा नेकपा (एमाले)बाट प्रदेशसभाका उम्मेद्वार शेरधन राईलाई लक्षित गरी बम आक्रमण भएको छ । आक्रमणबाट राईका अंगरक्षक घाइते भएका छन् ।
गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै गुम्बा नजिकै राइसहित नेता कार्यकर्ता चढेको गाडीमा बम प्रहार भएको थियो ।
सडकको घुम्तिमा पारेर हानिएको बम विस्फोट हुँदा राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटाको हातमा चोट लागेको छ ।
उम्मेद्वारसहित अन्य सकुशल रहेको सँगै रहेका युवा नेता मकर खड्काले बताए । बम कसले प्रहार गरेको भन्ने खुल्न सकेको छैन ।
यसअघि रोल्पामा माओवादी नेता वर्षमान पुन र रुकुममा जनार्दन शर्मालाई पनि लक्षित गरी बम आक्रमण भएको थियो । यो आक्रमणमा विप्लव निकट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ ।











प्रतिक्रिया