चन्द्रौटा, २८ कात्तिक । डेंगु तथा चिकन गुनिया ज्वरो सम्बन्धी अभिमुखीकरण तथा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नस्ट गर्ने अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
लामखुट्टेको टोकाईबाट बच्नु नै डेंगु रोगबाट बच्ने एक मात्र उपाए हो भन्ने मूल अभियानका साथ डेंगु रोग नियन्त्रण गर्ने उद्धेश्यका प्रशिक्षण कार्यक्रम गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुद्वारा चन्द्रौटामा आयोजित लार्भा नष्ट र सचेतीकरण प्रशिक्षणमा प्रमुख प्रशिक्षक डा.किशोर बन्जाडेले नेपालमा पछिल्लो समय डेंगु रोगका बिरामी बढ्दै जानु तथा यसको जोखिम बढ्दै गएको जानकारी दिनुभयो ।
डेंगु ज्वरो, डेंगु ज्वरोका लक्षणहरु, डेंगु ज्वरोको संक्रमणबाट बच्ने उपायहरु, लामखुट्टेले फुल पार्ने ठाउँहरुमा फुल पार्न नदिन गर्नुपर्ने उपाएहरु र डेंगु ज्वरोको उपचारहरु लगायतको बारेमा उहाँले सहजीकरण गर्नुभएको थियो ।
अभिमुखीकरणको दोस्रो दिन सहभागीलाई समिति चोकदेखि संजीवनी अस्पताल र बिद्युत शाखा कार्यालय चन्द्रौटासम्म पानि जम्ने स्थान पत्ता लगाई लामखुट्टे नष्ट गर्ने तरिका सिकाउन जनचेतनामूलक स्थलगत प्रयोगाात्मक अभ्यास गराउने कार्यक्रम रहेको डा.बन्जाडेले बताउनुभयो ।
अभिमुखीकरण उद्घाटनलाई सम्बोधन गर्दै शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारीले लामखुट्टेका कारण वर्षेनी कैयौं मानिस रोगको सिकार हुनुका साथै ज्यान समेत गुमाउनुपरेको गुनासो गर्नुभयो ।
उहाँले बेलैमा यसको नियन्त्रण गर्नु उपयुक्त रहेको बताउंदै गाउँघर तथा वातावरणको सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा शिवराज नगरपालिकाका कार्यकारी अधिकृत शेषकान्त पौडेल, सिअहेव विष्णु क्षेत्री लगायतले कार्यक्रमको प्रभावकारिताबारे धारणा राख्नुभएको थियो ।
अभिमुखीकरणमा शिवराज नगरपालिकाका महिला स्वयम्सेबिका, बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।













प्रतिक्रिया