ललितपुर, २७ कात्तिक । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यही कात्तिक २८ गतेदेखि पश्चिम नेपालको भ्रमण गर्ने भएका छन् । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सोमबार नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।
संयोजक तथा केन्द्रीय सदस्य खाँणले दिएको जानकारी अनुसार कात्तिक २८ गते प्रधानमन्त्री नेपालगञ्ज प्रस्थान गर्नुहुनेछ । सोही दिन प्रधानमन्त्रीले सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखहरुसँग शान्ति, सुरक्षा र अन्य विषयमा छलफल गर्नुहुनेछ । सोही दिन प्रधानमन्त्रीले अन्य दलका प्रतिनिधि, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सहित स्थानीय नेताहरु र नेपाली काँग्रेसका सो क्षेत्रका उम्मेदवार तथा कार्यकर्ताहरुसँग पनि भेटघाट गर्नेछन् ।
प्रधानमन्त्री देउवा २९ गते धनगढी पुग्ने कार्यक्रम छ । सो दिन उनले पार्टीका उम्मेदवार तथा नेता र कार्यकर्ताहरुसँग भेटघाट गर्नेछन् । सोहि अवसरमा प्रधानमन्त्रीले अन्य पार्टीका नेता, कार्यकर्तासँग संवाद गर्नेछन् । सो दिन प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले धनगढीमा अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने राजनीतिकर्मीहरुलाई स्वागत गर्ने कार्यक्रम पनि रहेको छ ।
सो दिन प्रधानमन्त्रीले सुदूर पश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखहरुसँग क्षेत्रको शान्ति, सुव्यवस्था र सुरक्षाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ । ३० गते प्रधानमन्त्री देउवा गृह जिल्ला डँडेलधुरा पुग्ने कार्यक्रम छ ।











प्रतिक्रिया