१२ मंसिर २०८३, शनिबार

काँग्रेससँग डराएर बाम एकताः काँग्रेस उम्मेदवार आचार्य

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर (चितवन), २७ कात्तिक । चितवन क्षेत्र नम्बर १ प्रदेश सभा (ख)का उम्मेदवार उत्तम आचार्यले काँग्रेससँग डराएर एमाले र माओवादीले बाम एकता गरेको बताएका छन् । चुवानी अभियानअन्तर्गत सोमबार रत्ननगर–१५ पिठुवामा गरिएको कोणसभामा उनले काँग्रेस प्रति जनलहर बढेका कारण एमाले र माओवादी अत्तालिएको बताए ।

एमाले र माओवादीबीचको एकता निर्वाचनपछि भंग हुने उनले दाबी गरे । संविधान र मौलिक अधिकार रक्षाको लागि नेपाली काँग्रेसले जित्न आवश्यक रहेको उनको भनाई छ । लोकतन्त्र प्रति अनबरत निष्ठा राख्ने पार्टीले देशमा शान्ति र स्थायित्वका लागि प्रमुख भूमिका खेलेको आचार्यले बताए ।

प्रनिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्र प्रसाद बुर्लाकोटीले जनचाहना अनुसार विकास निर्माणका काम गर्ने बताए । ‘शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाई र सडक निर्माणको काम जनचाहना अनुसार नै गर्ने छु’ उनले भने, ‘त्यसका लागि तपाईहरुको अमुल्य मत मलाई चाहिएको छ ।’

कार्यक्रममा उम्मेदवार सहित काँग्रेस जिल्ला प्रबक्ता निता ढकाल, सहसचिव सूर्य अर्याल, नगर सभापति रुपनराज घिमिरे लगायतको पस्थिति रहेका थिए ।