बाजुरा, २७ कात्तिक । मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा जिल्लाका ३१ वटा मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । ७० वटा मतदान स्थल मध्ये ३१ वटालाई जिल्ला सुरक्षा समितिले अति संवेदनशिलको सूचीमा राखेको हो ।
चार वटा नगरपालिका र पाँच वटा गाउँपालिकामा रहेका ७० वटा मतदान स्थल मध्ये ३१ वटा अति संवेदशलित, ३१ वटा संवेदनशिल र ८ वटा सामान्यको सूचिमा राखिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायव उपरीक्षक जगदिस प्रसाद भट्टले बताए ।
जिल्लामा ७० वटा मतदान स्थल र १ सय वटा मतदान केन्द्र रहेका छन् । स्थानीय निर्वाचनमा ९२ वटा मतदान स्थल रहेकोमा यो पटक मतदाताको संख्यालाई मध्येनजर गरेर ८ वटा मतदान केन्द्र थप गरिएको निर्वाचन अधिकारी सुभद्रा गौतमले बताए ।
चार वटै नगरपालिकाका सबै जसो मतदान स्थल र गौमुल, हिमाली, छेडेदह, स्वामिाकात्र्तिक र पाण्डुवगुफा गाउँपालिकाका अधिकांश मतदान स्थललाई अति संवेदनशिलको सूचीमा राखिएको छ ।
नामै तोकेर मतदान स्थलको नाम सार्वजनिक गर्न मिल्दैन, तरपनि सुरक्षा समितिले अति संवेदनशिल र संवेदनशिल स्थललाई बिशेष सुरक्षा व्यवस्था गरिएको प्रहरीले बताएको छ ।
भौगोलिक रुपले विकट रहेका, फोन सम्पर्क नहुने र विप्लबका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि गर्नसक्ने मतदान स्थललाई बढी संवेदशिल ठानिएको छ । यस अघिका निर्वाचन गतिविधिको सिकाई र भौगोलिक विटकतालाई आधार मानेर छनोट गरिएको प्रहरीको भनाई छ ।
स्थानीय तह निर्वाचनमा ४२ वटा मतदान स्थललाई अतिसंवेदनशिलको सूचीमा राखिएको थियो । श्रोतका अनुसार एउटा बुथमा कम्तीमा पनि १५ जना म्यादी प्रहरी, ७ नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी, सादा पोसाकका प्रहरी र नेपाली सेनालाई खटाउने छ ।
६४७ जना म्यादी प्रहरी खटिने भएपनि अन्य सुरक्षा संख्या गोप्य राखिएको छ । संख्या नै एकीन तोकिएको छैन्, आवश्यकता पर्दा प्रर्याप्त सुरक्षा व्यवस्था तयारीमा राखिएको प्रहरी निरीक्षक जगदिश प्रसाद भट्टले बताए ।
भट्टका अनुसार हिमाली गाउँपालिकाको बौडी, गुम्बा, गौमुल गाउँपालिकाको अम्लीस र छेडेदह गाउँपालिकाका केही मतदान स्थल फोन सम्पर्क नहुँदा अति संवेदनशिलको सूचीमा राखिएको छ । त्यहाँ सहज टेलिफोन सेवा उपलब्ध छैन् ।
यसका साथै विकटता कारण मतदाता सहजरुपमा मतदान केन्द्र आउन समस्या हुने, राजनीतिक दलबीच बढी प्रतिस्पर्धा भएको ठाउँमा विवादका कारण निर्वाचन बिथोलिन सक्ने भएकाले पनि सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।
सुरक्षाका लागि प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पनि सम्बन्धीत स्थलमा जानेक्रम बढेको छ । आइतबारसम्म गौमुल गाउँपालिका, बुढीगंगा नगरपालिका बाहेक सबै क्षेत्रमा सुरक्षा टोली पठाई सकिएको छ । गस्ती देखि अन्य सबै प्रकारका सुरक्षा अप्रेशन भईरहेको छ ।
मंसिर १ देखि मदिरा पूर्ण प्रतिबन्द प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी मंसिर १ गतेदेखि मदिरा पूर्ण प्रतिवन्ध गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले मदिरा जन्य पदार्थ, सेवन, विक्री र ढुवानीमा पूर्ण प्रतिबन्द गरिएको छ ।
मदिरा सेवनका झै झगडा, गाली बेइजतिका कारण आपसी विवाद बढ्ने र अप्रिय घटनाहरु घट्ने हुदाँ मदिरा पूर्ण रुपमा प्रतिवन्ध लगाईएको हो । जिल्लामा पछिल्लो समय मदिरा सेवनका कारण झै झगडा घटनाहरु बढी रहेका छन् ।
चुनावको अवधीमा सामान्य भनाभनबाट पनि ठूलो रुप लिने भएकोले निष्पक्ष, भयरहीत र स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा समितिले निर्णय गरेको हो । मदिरा विहान साँझ र वैध रुपमा सञ्चालन भईरहेका होटल पसलबाट पनि विक्री वितरण गर्न नपाईने भएको छ ।
मदिरा सेवन गरी हो हल्ला गर्ने, निर्वाचनको वातावरण विथोल्ने, मदिरा विक्री वितरण गर्ने जो कोहीलाई पनि नियन्त्रणमा लिई कानुनी कारवाही गर्ने तयारी प्रहरीले गरेको छ । जिल्ला भित्रिने नाकामा पनि मदिरा आयातमा पूर्ण प्रतिवन्ध लगाईएको छ । भने अवैध मदिरा उत्पादन हुने संभावित क्षेत्रमा पनि व्यापक प्रहरी परिचालन गरिएको छ ।













प्रतिक्रिया