गुलरिया, २७ कात्तिक । बर्दियालाई बबई नदिबाट पुर्णसुरक्षित बनाउने बाम गठबन्धन बर्दिया क्षेत्र नम्बर १ का उम्मेद्धार बामदेब गौतम, क्षेत्र नम्बर १ (२) का उम्मेदवार तिलक शर्मा(हिमाल)ले संयुक्त रुपमा उद्घोष गर्नु भएको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ बालापुरका भएको चुनावी सभालाई सम्बोधन गर्दै यो कुरा उद्घोषण गर्नु भएको हो ।
बाम गठबन्धनको सरकार गठन पश्चात सम्पुर्ण बाढीपीडितलाई ३ महिना भित्रमा राहत बितरण, ५ बर्ष भित्रमा बबई नदि नियन्त्रण गर्ने र जग्गा कटान भएका पीडितहरुलाई दुई बर्ष भित्रमा ब्यबस्थान गर्ने बचनबद्धता गर्नु भएको छ ।
नेकपा एमालेका उपाध्यक्ष समेत रहनु भएका बामदेब गौतमले १० बर्ष भित्रमा १५ हजार मेघावाट बिद्युत उत्पादन गर्ने बताउनु भएको थियो भने तिलक शर्माले कृषि क्षेत्रलाई आधुनिकिकरण गर्न बर्दिया जिल्लाका सबै क्षेत्रमा नहर बनाई सिचाई युक्त बर्दिया बनाउने बताउनु भएको छ ।
गाँउ देखि केन्द्र सम्म बामपन्थीको सरकार, स्वच्छ शान्त र समृद्ध नेपाल हाम्रो सरोकार भन्ने नारा सहित भएको सभामा सहभागिहरुले बाम गठबन्धनालई सहयोग गरि बिजय गराउने प्रतिबद्धता गर्नु भएको छ ।












प्रतिक्रिया