२२ कार्तिक २०८३, आइतबार

वाम गठवन्धनका उम्मेदवार घरदैलो अभियानमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २७ कात्तिक । वाम गठवन्धनका संयुक्त उम्मेदवार आफ्ना चुनावी योजना लिएर कास्की निवार्चन क्षेत्र न ३ (ख) को पुम्दी भुम्दी पुगेका छन् । पोखरा लेखनाथ महानगर पालीका वडा नम्वर २२ का जनताले खाने पानी र वाटोको सुविधा राम्रो नरहेको वताउदै आफ्ना गुनासा राखेका थिए ।

गठवन्धले आयोजना गरेको चुनावी सभामा वोल्दै प्रतिनीधी सभाका उम्मेदवार जग विश्वकर्माले वहुजाती, वहुभाषीक, वहुसांस्कृतीक र वहुधार्मीक विशेषतालाई संरक्षण गर्दे राष्ट्रिय स्वाधिनताका लागी वाम गठवन्धलाइृ मतदान गर्न आग्रर्ह गरे ।

प्रदेश सभा सदस्य उम्मेदवार राजीव पहारीले अव एक घर एक धारा हैन पानी आउने धारा निमार्ण गर्ने र पुम्दीमा आवश्यक पर्यटकीय पार्क तथा स्थानीय होम स्टेको प्रवर्दन गर्न आफ्रनो उम्मेदवारी रहेको वताए । घरदैलोमा स्थानीयहरु युवा उम्मेदवार देखेर निकै उत्साहीत देखिन्थे । त्रिलोचन पौद्यलको अध्यक्षतामा भएको कार्यक्रम मा समानुपातीक उम्मेदवार मित्रकुमारी गुरुङ सुवेदी धर्म तमु लगाएतले वोलेका थिए ।